सबैका मालिक ईश्वर
सृष्टी छ दिव्य जगमा हरिको विचित्र
वृक्षादि देखि पशुपक्षिहरू अनेक
रच्नू भयो हजुरले कति कष्ट साथ
भुल्दैछु आज किन हो प्रभुको शुमाथ ?
ब्रमाण्ड नायक हरी भनि वेद बोल्छ
त्यो वेदका नियममा जगतै रहन्छ
आधार शक्ति शिव एक न छन् अनेक
कर्मानुसार अवतार भए अनेक
कोटी सहस्र गुण कर्म अनेक नाम
भूभार हर्नकन गर्नु छ पुण्य काम
यस्ता चराचर पती सबका सँगैमा
स्थिर्चित्त भै अडिरहुन् जनका मनैमा
विश्वास राख्नु मनमा यहि एक् उपाय
शान्ती लिने अरु कुनै पनि छैन राय
हात्पाउ थर्थर गरी जब काप्न थाल्छन्
त्यो काल आइ अगि बड्छ नटार्न सक्छन्
बल्शक्ति जाँगर हुँदा पनि याद छैन
पाको भई गरुँ भने पनि होस हुन्न
यस्तै हुँदै दिनदिनै पछुतो बडाएँ
एक्लो भई जगतमा यम दण्ड पाएँ
साँचो र सत्य जुन हो त्यहि नि सार
इच्छा हरीसँग भए किन हुन्न पार ?
जानीनजानि अब राम जपौं शुनाम
त्यो नामले सबजना पुगिने छ धाम