समृद्धि सूत्र

कुबेर कुईकेल भुवानेटारे
अमेरिका

प्रजा स्वाधीनता कर्म संकल्प देश भक्तिको
लोकतन्त्र प्रजातन्त्र सुशान्ति र स्वराजको
जनता त्रासदी मुक्त जनक्राती विकास हो
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

भाषा धर्म सुरक्षा र राष्ट्रिय स्वाभिमानता
श्रोत साधन शिक्षामा निरन्तर समानता
आजादी जन चाहाना प्रगति पथ मार्ग हो
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

जातिभेद उपेक्षाले जनतामा विभाजन
नीतिमा वंशवादी त्यो ओठे उर्दी नहोस् भन
शक्तिशाली प्रजा भक्त नायकको स्वभाव हो
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

आत्मसम्मानको खोजी ननिरंकुशता पछि
भुक्तभोगीहरूको त्यो इच्छा पुरा भए पछि
अन्धकार हटाएर शिक्षामा ज्योति छर्नु हो
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

सड्यन्त्र वज्र रोकेर क्रान्तिकारी विरुद्धमा
अग्रगामी प्रजातन्त्र स्थापना हुन्छ देशमा
पक्षपाती इरादाले नखोस अधिकार त्यो
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

सोझा निर्धा निहत्थामा अत्याचार नहोस् अति
ठूला ठूला कुरा हैन देश विकासमा मति
जनताको सुरक्षामा नेता राजा जुटेन हो !
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

खोस्मेरो राज सत्ताको अन्त्य मात्र स्वतन्त्र हो
समुन्नत धरा भाषा उपभाषा प्रमोद हो
क्षेत्रीय प्रतिभा शिल्प सुरक्षा मात्र माग हो
समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो

अनुष्टुप छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *