सल्लो- सल्लेरीवन

भानु ढुंगाना
क्यानाडा

समाधी कसिन्छ, चुनौती खपिन्छ
बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ।
उषा, घाम जाडो, प्रबाह हुँदैन
दियालो छ भित्र झरीले छुँदैन।।

सँगैका यी साथी भए नङ्गिएका
कति छन् लतादि सुकि निख्रिएका।
सुकौरो सहन्छौँ र हुरि-ताप सहन्छौँ ।
झरेको छ हिउँ सबै यो बहन्छौँ।।

चराले गरेको भरोसा छ भित्र
बचेरा बँचाई म दिन्छु पबित्र।
लुकाएर त्रास,जोगाई बचेरा।।
उपकार गर्छौँ बनी पंछी सहारा ।।

हरियो छ कुञ्ज रहेको सगौरब
सँधै सम्झिएर चरामा छ सौरब
कहाँबाट झट्ट हरियो छ हेर्न
समाधी छ हाम्रो सबै लोक हेर्न।।

छटा भित्र हामी अहोरात्र हुन्छौँ
धरा कुञ्जरा सँधै प्रेम छुन्छौँ
हुने छैन यहाँ सबै पञ्जरामा
छ सल्लो हरियो दिवा, रात धरामा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *