पाठ्यक्रम लोकार्पण कार्यक्रममा उपस्थितिको लागि अनुरोध

साहित्य परिषद भूटानले गत  दिसम्बर महिनामा घोषित गरेको डायस्पोराका लागि नेपाली भाषाको पाठ्यक्रम आगामी २३ जनवरीका दिन एक भर्चुअल कार्यक्रमा लोकार्पण गरिँदैछ I उक्त पाठ्यक्रम साहित्य परिषद्को पाँच सदस्यीय ‘पाठ्यक्रम अनुसन्धान विभागद्वारा’ डिजाइन गरिएको हो I

डायस्पोराका सबै नेपाली भाषी बालबच्चाहरूका लागि तयार गरिएको पहिलो तहको उक्त पाठ्यक्रममा शिक्षक निर्देशिका र पाठ्यवस्तु पनि समावेश गरिएको छ I यसले नयाँ र प्रशिक्षण नपाएका शिक्षक अनि अभिभावकहरूलाई समेत सहयोग पुग्ने विश्वाश गरिएको छ I के पढाउने,कति पढाउने र कसरी पढाउने भन्ने विषयहरूलाई एकै ठाउँमा समावेश गरेर ४५ वटा कक्षाहरूमा विभाजन गरी  परीक्षा प्रणालीलाई पनि जोडेर बनाइएको उक्त पाठ्यक्रमले डायस्पोराको भाषिक अभियानलाई ठूलो मद्दत पुग्ने कुरामा दुई मत छैन I

सोही कार्यक्रममा हरि निरौलाको भर्खरै प्रकाशित कृति “छन्द संगम”को पनि लोकार्पण हुने छ ।कोरोना महामारीका कारण भौतिक रूपमा कार्यक्रम गर्न असम्भव भएकाले परिषदले उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गर्न लागेको हो। अमेरिकी पूर्वीय समय अनुसार बिहान ८ बजे सुरू हुने उक्त कार्यक्रममा उपस्थिति भइदिनु हुन परिषद हार्दिक अनुरोध गर्दछ।

One Reply to “पाठ्यक्रम लोकार्पण कार्यक्रममा उपस्थितिको लागि अनुरोध”

Leave a Reply

Your email address will not be published. Required fields are marked *