सूचना: कवि गोष्ठी-२०१४

स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य “अस्तित्वहरुको न्ययिक सम्बोधन”

कवि गोष्ठी २०१४

हार्दिक निमन्त्रणा

आदरणीय साहित्य अनुरगि महानुभावहरुमा आगामी मार्चको २९ तारिखका दिन संयुक्त राज्य अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ सहरमा विश्व भूटानी साहित्य सङ्गठनको सक्रियतामा भुटनिस लेगेसी युवा क्लबद्वारा बृहत् साहित्यिक कार्यक्रम “भूटानी नेपाली कवि गोष्ठी” आयोजना गरिन लागेको कुरा जानकारी गराउन चाहन्छौँ ।

कार्यक्रमका विषेश्ता र आकर्षणहरु:

  • ‘भूटानी नेपाली साहित्य र समाज’ बृहत् छलफल
  • ‘स्वीकारोक्ति सिद्धान्त’मा बहस
  • उत्तर अमेरिकामा रहेका भूटानी तथा नेपाली साहित्यिक सम्बन्ध र भूटानी नेपाली साहित्यको भविष्य’
  • ‘अन्तरे गजल सङ्ग्रह” विमोचन
  • केही स्रष्टाहरुबाट रचना वाचन …

कार्यक्रमको थप उद्देश्य:

उत्तर अमेरिकामा रहनुहुने भूटानी तथा नेपालीहरुबीच साहित्यिक एकरुपता ल्याउन, साहित्यक सङ्घ-संस्थाहरुबीच सहकार्य र सुमधुर सम्बन्ध स्थापना गर्न र उत्तर अमेरिकामा रहनुहुने भूटानी तथा नेपालीबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिई भाषा साहित्यको विश्विकरणमा थप टेवा पुर्याउने प्रयास गर्नु ।

तसर्थ उत्तर अमेरिकामा रहेका सबै साहित्यक सङ्घ-संस्थाका महानुभावहरुलाई उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौँ साथै सङ्घ-संस्थामा सम्लग्न नभएका तर साहित्यक आस्था भएका सम्पूर्ण महानुभावहरुमा पनि यसै सूचनालाई आधिकारिक निम्तो मानी उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।

कार्यक्रम गरिने स्थान: 2400 E. Seminary Drive, Fort Worth, TX 76119 USA. (कार्यक्रम गरिने स्थान परिवर्तन हुन सक्ने व्यहोरा जानकारी गराउँदै थप जानकारीको लागि globalpostinfo.us हेर्नुहुन अनुरोध गर्दछौँ )
मिति र समय: ०३-२९-२०१४; शनिवार, दिउँसोको १२ बजेदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *