स्वयम्

टल बाली राई
तस्मानिया, अस्ट्रेलिया

धर्तीलाई प्रथमपटक दर्शन गरेपछि
हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो
मिलिरहेको छ आजकाल-
आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद,
यहीमा म स्वयम् सीमित छु

विशाल गोलो पृथ्वीको छुट्टाछुट्टै भूगोल पदनु पर्ने बाध्यता,
यसको रेखाहरु छुटाउनु पर्ने, समयसंग बाँधिनु पर्ने,
कति स्वार्थी संसार यो
अरुले होइन, म आफैँ स्वयम्
यसबाहेक,
खर्च गरी लिएको सिगरेटको प्याकेट
शारीरलाई डढेलो लगाउँदै,
मोटोपन त्याग्ने अनि स्वस्थ हुने होडमा
जाबो ! ठुटो पनि निभाउनु पर्ने, म आफैँ स्वयम् .
आहा ! यो “स्वयम् ” शब्द यस्तैमा अडिग छ ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *