हिपाँच
हिसाव हिन्दू र हितै हिमाल। हिरा गरि पाँच पवित्र माल॥
हिपाँच छन्मुख्य समाल जानी। वली वनी वाँच विचार नानी॥१॥
हित
छ भाभ राम्रो त जगद्भरीमा। हितै बढाउ घटको घडीमा ॥
हितै गरी मित्र समाल्न जाऊ। वनेर शान्ती रशीलो रमाऊ॥
हितै छ उच्चो हिमशैल मान। हितोपदेशी मन शुध्द मान॥२॥
हिसाब
हिसाव कालै त गनौ वितेको। जगद्भरी ज्योतिषले जितेको॥
विग्यान विद्या भवमा डटेको। हिसावकै आडगरी रटेको ॥३॥
शिशू पना यौवन वृद्ध गम्ने।हिसाव राखी रवि चन्द्र घुम्ने॥
गनौ त नौ मात्र ति हेर अङकै धरा समाते नविचारि शङकै॥४॥
छ शक्ति ज्वाला त समान वल्दो।जगद सवै पार्छन एक डल्लो॥
हिसावको स्थान छउच्च जान।अतीछआवश्यक गन्ति मान॥५॥
हिन्दू
हिमालको अदि छ शव्द कान्ति।छ सिन्दुको अन्त्य उ शव्द शान्ति॥
हिमाल देखी तसमुद्र छेऊ।छ मानवै ग्राम विचार देऊ ॥६॥
छ पूर्व औ पश्चिमको वगल्मा।छ दक्छिणै उत्तरको शिखर्मा॥
यता उती जम्वु द्विपै विचैमा।अ-ओ-मराख्ने घटको विचैमा॥७॥
छ वेद साक्छी तुलसी र गाई।ति तीनका आदरमा रमाई॥
अती चलाखी जगतै विचार्ने ।छ तीव्र ज्योतीष ख गोल हेर्ने॥८॥
छ पन्च भूतात्म शरीर जस्तै ।छ पूज्य पन्चायन देव तस्तै॥
जगद्भरीको सुख तुच्छ ठानी।भविष्य आनन्द परात्म जानी॥९||
भविष्य यूगौँ पछिसम्म जान्ने।यथार्थ के हो नडराइ भन्ने॥
नवै ग्रहादि रवि चन्द्र लाई ।सु वात गर्छन्करमा समाई॥१०॥
हिमाल सिन्दू दुइ शव्द जस्को ।छ आदि आदौ र छ अन्त्य दोस्रो॥
हिमालको शैल समान अग्लो ।सनातनै हिन्दु छ धर्म सङ्लो॥११॥
(उपेन्द्र वज्र छ्न्द)