अक्षर अक्षरमा
प्रतिमान सिवा
ओहाईयो, अमेरिका (बाल कविता )
फूलै फूलको थुँगामा
रङ्गी बिरङ्गी लुगामा।
कति राम्री देखिएकी
अक्षरअक्षरमा लेखिएकी।
चाँप चमेली वनमा
तिमी फुल्यौ मनमा ।
मिठो बोल्छौ नेपाली
अझै सिक्छौ यसपालि ।
नाचन नानी नाचन
हृदय खोली हाँसन।
नेपाली भाषा हाम्रो
असाध्यै छ राम्रो ।
पढी गुनी ज्ञानी हुनु
सफलताको उचाइ छुनु।