अधुरो प्रेम

कथाकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका 

कुटिल मुस्कानमा केही मिठो भुल भयो
फूलबारीमा जत्ता तत्तै सुन्दर फूल भयो

दुई प्रेमेवरबिच मायाका कुरा साटासाट गर्ने दिन रहेछ आज । आजको दिनलाई विशेष बनाउनका लागि मैले धेरै मेहनत गरेको छु । फेरि नयाँ परिवेशमा तिम्रा तस्बिरहरु भित्ताभरि सजाएको छु । हिजो तिम्रो र मेरो भेट भएको कथालाई आजसम्म सम्झिरहन्छु काली ।
हुन त त्यो प्रेमको कथा कस्ले पो बुझ्छ होला आज! तर पनि कथालाई तिम्रो मुस्कानको आड दिएर खुल्ला प्रणय दिवस मनाउछु ।

अफ्……प्रकृतिले पनि कस्तो कस्तो समयमा हामीलाई जन्म दिएछ । प्रणय दिवसको अवसरमा तिम्रो र मेरो मिलन त भयो । तर फुलेर फूलहरुले यो धर्तीमा सजाउन नपाउदै दैव लिलाको आँखा लाग्यो काली…काली ।

तिमीले अप्ठारोसँग कुटिल मुसकानमा खिचाएका तस्बिरहरु अमेरिकाका सेता भित्ताहरुमा सजाएको छु राम्रोसँग । अनि मेरो पवित्र मन्दिरमा पनि… तिम्रो मुस्कान र काँचो गुलाफको फूल सधैँ धुपकाटीसँग चडाएको छु, फेरि आजको समयमा पुनर्मिलन होस भनी ।

तिमी बिनाको जीवन त काली, पानी बिनाको माछो जस्तो पो हुँदोरहेछ । तिम्रा चिट्ठीहरुमा पहिला पहिला लेखिन्थे, “म बिना हजुर एक छिन पनि अब बाच्न सक्नुहुन्न दाइ ।” आजबाट बिस्तारै एक्लै बस्न सिक्नु होस् ।’ आज यी शब्द मेरोलागि एक्लोपनका सारथी भएका छन् शब्द अस्त्र भएर । अनि तिम्रो मायालाई निरन्तर अँगालोमा राखेर सधैँ प्रार्थनामा लिन भएको छु । तिम्रो सुन्दर स्थानमा खुसीका साथ भेट हुनलाी काली । तिमी पनि मेरो लाथि प्रार्थना गर्दै गर्नु नि ।

यी समाजका मानिसहरूले हिजो जस्तै गरी मेरो र तिम्रो नामको कुरा काटिरहन्छन् । मलाई मेरो स्वतन्त्रतामा रमाउन दिन छाडेका छन् । जतिखेर पनि त्यो काली जस्तो धेरै केटीहरू पाइन्छन् । यो संसारमा केटीहरू मरेका छैन्न् । पागल….भन्दै धारे हात पार्दै मन्दिरको तस्बिरहरुमा छड्के आँखा लगाउँदै जान्छन् । मलाई हिजो आज कसैले पनि बुझ्दैनन् काली । तिमी त भगावनको घरबाट मलाई नै हेरिरहेकी छ्यौ होला । कृपय मलाई बुझी यो दुनियाँलाई बदलिदेऊ न । म थकित भइसके समाजका मान्छेहरुसँग ।

अब बुझेकाले नराम्रोसँग गाली गर्न छाडिसकेका छन् भने अरू पुनर्बासपछि निर्माण भएको समाजका अनेक मानिसहरूले विचारको पदमा राखी सधैँ घृणको माया दिइरहेकाछन् । मलाई तिम्रो अपार मायाको सधैँ सम्झना छ । कृपया अब आउने प्रणय दिवसहरुमा नयाँ मुस्कान लिएर आइदिनू । यो सालभरि तिम्रो तस्बिरलाई पूजा गरी मन्दिरमा धुप चडाइरहनेछु ।

“प्रेम नै फुलोस्,
प्रेम नै फलोस्
मौलाएर प्रेम वटवृक्ष बनोस्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *