अधुरो यात्रा (लघुकथा )

मोहन शर्मा
म्यासाचुसेट्, अमेरिका

आज धेरैपछि घमाइलो घाम लागेर पार्क नै सुन्दर देखिन्छ । घामको रष्मीले वातावरण दिपावलीझैं झलमल्ल बनाएको छ । हिउँले सारा हरियो नाश भए पनि मानिसहरुको मनमा आज कता-कता नयाँपन छायो । यसै याममा प्रेमी- प्रेमिकाको एक जोड़ी-हिरा र हामीदबीच अँगालोमा कसिँदै एकार्कामा चुम्बन गर्दै प्रेमको भाषा साटासाट चल्दै थियो । प्रेमी-प्रेमिकाबीचको विश्वासको घेरालाई उल्लङ्घन नगरी खुशीसाथ दिन बिताउने प्रण गरे उनीहरुले ।

कोहीबेला झर्किँदै र कोहीबेला खुशी भएर जिस्कँदै कुरा गर्थे । देख्नेहरु अचम्म पर्थे । यसरी नै कहिले पार्कको वरपर घुम्थे । धेरै समयसम्म यी युगलबीच भनाभन चल्यो, धेरै समयपछि उनीहरुको यस झगडाको रहस्य खुल्यो । हिरा चाहन्थिन् हामीदबाट एउटा बच्चा । यस्तै अवस्थामा उनीहरु आ-आफ्नो बाटो लागे । सबेरै घाम पनि नझुल्किकन पार्कमा होहल्ला मच्चियो । मानिसहरुको आवत-जावत अलि अलि थपिन थाल्यो । एक कान दोकान मैदान हुँदै त्यो खबर हिरा पनि सुन्छिन् । हस्याङ्फस्याङ गर्दै हिरा जम्मा भएका मानिसहरूलाई छिचोल्दै छिरिन् । अफ्सोच् !!! हामीद्को लाश मात्रै देखिन् !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *