अनौठो मान्छे 

जे एन दाहाल 
अमेरिका
साइड वकमा हिँडी रहेको बेला
कसैले गाडीबाट जोडले
हर्न बजाए, फर्की हेर्दिन
बिच सडकमा गाडीको सिसा खोली
कोही बोल्न खोजे, म रोकिन्न
केवल पाइला लम्काउँछु
कहिले बधिर भएर
ढर्रा कुरामा नजर अन्दाज गरिदिन्छु
 निर्धारित लक्ष्यमा पुग्न
 हो म केही अनौठो छु ..अनौठो !
 पागलपनले लपेटिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *