अन्तराष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
मितिः अगस्त १४, २०१५

अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रकाशनको पहिलो कोशेली डायसपोराका भूटानी नेपालीहरूको प्रतिनिधि तथा ऐतिहासिक गजल सङ्ग्रह “दबाइएका आवाजहरू”को प्रकाशन भइसकेको जानकारी गराउन पाउँदा हर्षले गदगद भएका छौँ । यस कृतिलार्इ हामीले लक्षकृत ल्याउन त सकेनौं तर अपेक्षित र उत्कृष्ट भयो भन्ने हामीलार्इ लागेको छ जसको पुष्टि पाकठहरूको प्रतिक्रियाले गर्ने छ, हामी भने आसावादी छौँ । दबाइएका आवाजहरू भूटानका नेपाली भाषी गजलकारहरूको प्रतिनिधि गजलकृति हो । यसको विमोचन १५० औं मोति जयञ्तीका पावन दिन भदौं २६, गते २०७२ साल, शनिवारका दिन अमेरिकाको केन्टकी राज्यस्थित लुहिभिल सहरमा तपशिल बमोजिम सम्पन्न हुने जानकारी गराउन चाहन्छौँ । यस कृतिको सोही दिन नेपालको राजधानी काठमाण्डौंमा लोकार्पण तथा अन्तर्क्रिया सम्पन्न हुने पनि जानकारी गराउँछौं ।

अमेरिकामा विमोचन, लोकार्पण तथा अन्तरक्रिया अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चका अध्यक्ष तथा यस नव कृति दबाइएका आवाजहरूका कार्यकारी सम्पादक गोविन्द फुँयलको नेतृत्वमा हुने छ भने नेपालमा हुने कार्यक्रमलार्इ साहित्यकार तथा दबाइएका आवाजहरूका सम्पादक सदस्य याम थुलुङ र साहित्यकार तथा समालोचक घनेन्द्र ओझाले सम्युक्त रूपमा समायोजन गर्नु हुने छ । यस कृतिको प्रकाशनमा हामीलार्इ विभिन्न तवरमा प्रत्येक्ष र परोक्ष सहायता दिनु हुने महानुभावहरू र संघसंस्थाहरूप्रति कृतज्ञ छौँ र आभार व्यक्त गर्दछौँ । अमेरिका र नेपालमा एकै दिन यसको लोकपर्ण भइरहेको छ तसर्थ सहभागी भएर हाम्रा कार्यक्रमहरूको शोभा बडाइदिनु हुन हार्दिक आह्वान पनि गर्दछौँ ।

अमेरिकाको कार्यक्रमका निम्ति प्रमुख अतिथिका रूपमा आउनु हुने वरिष्ट साहित्यकार कृष्ण धराबासी, भूटानी साहित्यका भिष्म पितामह गंगाराम लामिटारे, साहित्य परिषद भूटानका अध्यक्ष तथा वरिष्ट पत्रकार भक्त घिमिरे, वरिष्ट गजलकार सुरेश वाग्ले, गजलकार रोशनी खनाल, वरिष्ट कवि पिपि शर्मा, प्रकाण्ड विद्वानपण्डित भिमप्रसाद तिम्सिना, वरिष्ट साहित्यकार शिबलाल दाहाल, भूटान समाचार सेवाका प्रधान सम्पादक तथा वरिष्ट पत्रकार बुद्धमुनि ढकाल, साहित्य द्रष्टा विद्वान खेम साण्डिल्य, वरिष्ट साहित्यकार घनश्याम रेग्मी, विश्व भूटानी साहित्य सङ्गठनका अध्यक्ष तथा साहित्यकार डेञ्जोम साङपाहाङ लगायतका थुप्रै सम्माननीय तथा आदरणीय व्यक्तित्वहरूका बाहुलीबाट सामूहिक विमोचन गरिने कार्यक्रम रहेको पनि जानकारी गराइन्छ । विमोचनका क्रममा कृतिमाथि औपचारिक समीक्षा प्रकाण्ड विद्वान पण्डित भिमप्रसाद तिम्सिना र विरष्ट गजलकार सुरेश वाग्लेले गर्नु हुने छ भने कृतिमाथि टिप्पणी पत्रकार भक्त घिमिरे, साहित्य द्रष्टा गंगाराम लामिटारे, साहित्यकार पिपि शर्मा, खेम साण्डिल्य, साहित्यकार घनश्याम रेग्मी र साहित्यकार डेञ्जोम साङपाहाङले गर्नु हुने कार्यक्रम रहेको जानकारी गराइन्छ ।

यस कार्यक्रमको मिडिया पार्टनार अमेरिकाको आओवा राज्यबाट सञ्चालन भइरहेको भूटानी ढुकढुकी रहेको छ भने हामी अमेरिका र विश्वबाट सञ्चालन भइरेका विभिन्न मिडिया र पत्रकार मित्रहरूसँग सहाकार्य गर्ने छौँ । दबाइएका आवाजहरू अहिले पहिलो संस्करणमा १००१ प्रति छापएको छ । यस कृतिलार्इ संसारभर जहाँबाट पनि अनलाइनको सहायताले खरिद गर्न सकिने पनि जानकारी गराउछौं । उक्त किताबको बिक्रीबाट सङ्कलन भएको रकमबाट हामी भूटानी नेपाली गजलका क्षेत्रमा नियमित कृति प्रकाशन गर्ने लक्षमा छौँ । अमेरिकानिवासी नेपाली साहित्य प्रेमी महानुभावहरूलार्इ तपशिलको मिति समय र स्थानमा उपस्थित भएर कार्यक्रमको शोभा बडाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । नेपालमा हुने कार्यक्रमका विषयमा तपशिल चाँडै सार्वजनिक हुने व्यहोरा पनि व्यक्त गर्दछौँ ।

तपशिल

मितिः भादौ २६, २०७२, शनिवार तदानुसार सेप्टेम्बर १२, २०१५
स्थानः 908 DuPont Road Suite 101, Louisville KY 40207
समयः अपरान्ह १२:३० बजेदेखि साँझ पाँच बजेसम्म

भवदीय

गोविन्द फुँयल
अध्यक्ष
अन्तराष्ट्रिय भूटानी सिर्जनशील मञ्च
फोनः ५०२ ३८९ ९६७०

[ अन्तराष्ट्रिय भूटानी सिर्जनशील मञ्चका तर्फबाट भूटानी साहित्यकार पुरानाघरेद्वारा प्रेषित यो विज्ञप्ति सामान्य भाषा सम्पादन बाहेक जस्ताको तस्तै राखिएकोछ – सम्पादक ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *