अमेरिका

मणिराम धिमाल ‘दीपित’
टेक्सास, अमेरिका

छन्द: अनुष्टुप
अमेरिका छ यो कस्तो  संसारै  भरि  चम्किने
जता  राम्रो  उता  आँखा  गाडेर  मन लोभिने
विश्वका   देशमा   आफ्नै   चलाउँछ उ हैकम
सानो सियो भ ई छिर्छ निस्कन्छ फा लि भैकन । ।

सधैं   ठिक्क छ  उ हेर  गर्न  सह्योग  तत्पर
गरीब  झुपडी  देखि  अमूक  आर्त  खातिर
देश विहिनका निम् ति सधैं न्याय दिलाउँछ
अभिभा वक् बनी आँफै मृत्युबाट बचाउँछ । ।

छुट्याउन्न    कुनै  वर्ण  जात  धर्म  संस्कारमा
सानो ठुलो सबै एउटाै टै छैन भिन्न संसारमा
मान्छेको   मर्म  मान्छेले  बुझ्नु पर्दछ  भन्दछ
अरुका   हितका  निम्ति  सधैं  तत्पर  बन्दछ । ।

मौरीका एकता हेर कस्तो छ रस खोज्नमा
परिश्रमी  बनी  लागौं  देश  निर्माण गर्नमा
थोपा   थोपा  बटुलेरै  हेर  सागर   बन्दछ
काँचो माटो पकाएरै कुमाले शिल्प भर्दछ । ।

न चियो न चर्चा गर्ने बानी राम्रो छ देशको
निफुनौं आफूँले आफैँ नरहोस तुष भूसको
सभ्यता  युगको हेरी  बाँच्नलाई  सिकाउँछ
सम्मान कामको गर्ने  नौलो पाठ पढाउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *