अमेरिकामा डिसेम्बर सत्र 

आज सत्र डिसेम्बर सन् २०२२ का दिन भुटानीहरूले अमेरिकामा शान्तिपूर्ण प्रदर्शनी गरेका छन्।  राजनीतिक कैद बन्दी परेकाहरूको नाममा
भुटानको राष्ट्रिय दिवसका अवसरमा सो प्रदर्शनी गरिएको थियो ।

नेदरल्याण्ड बसोबास गर्नुहुने  राम कार्कीले नेतृत्वमा भएको ‘ग्लोबल क्याम्पेन फर दि रिलिज अफ पोलटिकल प्रिजनर्स इन भुटान’ संस्थाले सो
प्रदर्शनी  गरेको  थियो ।  हेरिसबर्ग पेन्सिलभेनिया क्यापिटल बिल्डिङ अघि अमेरिकामा आशीका धौराली र सी एम निरौलाले कार्यक्रमको
तयारी गरेका थिए ।

तस्विर सौजन्य प्रेम निरौला 

चिसो दिनमा क्यापिटल बिल्डिगंको सिँढीमा उभिएर एक घण्टाको समय -बा आमा, अध्वैंसे र युवा युवतीहरूले व्यतीत गरेका थिए । ती
प्रत्येकको हातमा अङ्ग्रेजी तथा नेपालीमा लेखिएका पोस्टर थिए ।यु क्यानट हेब ग्रेसन नेसनल हेप्पीनेस  विद आउट फ्रिडम । वि वान्ट
अन कण्डिसनल रिलिज अफ पोलिटिकल प्रिजनर इनभुटान लगायत कुरा पोस्टरमा  लेखिएको थियो ।

यु एनमा जोडिएको भुटानले यस्ता गतिविधि गर्न मिल्दैन भन्दै टिकाराम ढुङ्गाना आफ्नो अभिव्यक्ति राख्छन् । भुटानमा प्रजातन्त्र छ
भनिएपनि व्यवहारिक तवरमा सो नरहेको कुरा वक्ताहरूमा डा.नारद पोख्रेल, मन घले, नारद अधिकारी, समीक्षा सुवेदी र
आशीका धौरालीले प्रस्तुत गरे।

प्रदर्शनीमा  भुटानमा बित्नु भएका सहिद र कारागारमा कैदी जीवन बिताइ रहेकाहरूको सम्मान गर्दै अन्दाजी ४५ जना जतिको उपस्थिति
थियो ।  त्यहाँ जेलमा परेका परिवारको सदस्य सहित  हेरिसबर्ग,लेङकास्टर र फिलाडोल्फियाबाट पनि केही सहभागी देख्न पाइन्थ्यो ।

पासाङ  आफ्ना दाइ चौध वर्षअघि चतुर्मान तामाङ जेलमा परेको बताउँदै उनको रिहाइको लागी त्यस भेलामा उपस्थित थिए ।
२५ वर्ष उमेरका चतुर्मान  त्यस समय घरबाट कामका लागी भनी निस्किएका थिए । हाल उनी चेमगाङ  सेन्ट्रल जेलमा रहेको खबर सुन्न
पाएकाछौं,पासङले बताए ।

भुटानीहरूकै लामो समयसम्म सेवा गरी बितेका दुई व्यक्ति किशोर राई र भम्पा राईलाई श्रद्धाञ्जली चढाइएको थियो ।  उनीहरूको साथै
जान/अनजान अन्य भुटानी सहिदहरूको सम्झना गरियो ।सी एम निरौलाले सञ्चालन गरेको उक्त प्रदर्शनीको अन्त्यमा नाम, उमेर र हस्ताक्षर
सहित पिटिसन साइन पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *