अर्काको मान्छे
-जितेन खँड़का
टेक्सास, अमेरिका
यहाँ मेरो
टाउको बेचिएको छ,
बोली फेरिएको छ,
त्यसैले,
म सोच्दिनँ,
अर्काले सोच्छ,
म बोल्दिन,
अर्कैले बोल्छ ।
म को ?
आफैलाई थाहा छैन,
कसैले बहादुर भन्छन्,
त कसैले कान्छा,
त्यसैले,
मेरो स्वाभिमान झुकेको छ,
स्वतन्त्रता कैदी भएको छ ।
यहाँ म,
पसिनाको खेती गर्छु
अर्काले दुईतिहाई खान्छ
म एकतिहाई खान्छु,
त्यसैले,
म गरीब,भोको र नाङ्गो छु
अर्काको हात र खुट्टा भएको छु ।
यहाँ मेरा
पुर्खाको रगतले खोरिएको
लक्ष्मण रेखाभित्र
सीता भएको छु,
मेरो आफ्नै घर भएपनि
विदेशमा गुलाम भएको छु,
त्यसैले,
म अर्काको यन्त्र र उपकरण भएको छु ,
किन ? अर्काको मान्छे भएको छु !
मैले सधै नै सरक़ा लेखहरु
मन्पराहुने गरेको छु र यो पनि एक हो!
अति राम्रो लग्यो!
जितेनजी, यथार्थपरक कविता l धन्न तपाईं त लक्ष्मण रेखाभित्र नै पो हुनुहुन्छ, खुशी हुनुहोस! हजारौं सिताहरुलाई रावणले अपहरण गरिसक्यो l
भविष्यमा यस्तै धेरै कविता पढ्न पाइयोस l