अविस्मरणीय क्षण
सन् १९९० को भुटानी हावा हुन्डरीले उडाएर इन्डियाको डर लाग्दो जङ्गलमा राता–रात फ्याँकी दिएका बालक देखि वृद्धसम्म र सुत्केरी आमा देखि दुधे बच्चा सम्मको जता ततै छरपस्ट थाहा छैन । अत्तोपत्तो सबै जनालाई मलरियाको कालो जोरो रात दिन जङ्गलको बास । विषालु–विषालु बनैया जन्तुहरूको डर र तरास माझ मलरिया भएर कतिको ज्यान गयो भने कतिलाई भुटान र इन्डियाको सीमा गस्तीहरू मिलेर भुटान सुपुर्दगी गरियो ।
यसरी आमा कता, बुबा कता, दुधे बच्चा कता, यो अवस्थामा इन्डियाका बि ए सेफ सीमा संरक्ष्य कर्मीहरूले सम्पूर्ण भुटानी मानिसहरूलाई कुहेको आलु फ्याकन लगे जस्तो गरी सबै मानिसहरूलाई ट्रकमा कोचारेर इन्डिया देखि नेपालको काकडिभीटाको मेचिपुलमा फ्याकि दियो । यसरी कुनै पनि मानिसहरूलाई साह्रो गाह्रो अप्ठ्यारो पर्दा ठुलो जङ्गल, मन्दिर, खोलको किनारहरू नै सबै भन्दा पहिला मानिसहरूको सहारा बन्न पुग्दो रहेछ ।
आखिरीमा भुटानीहरूको सहारा त्यही माईखोला र माईखोला किनारको मन्दिरहरू सहारा र साथी बनियो । यसरी भुटानीहरू खाली हात मन्दिरको पेटीमा लम्पसार परेको देखिन्थिए । एक दुईबाट साना–साना इलामेको झुपडी बनिएको थियो । त्यो झुपडी भित्र भुटानीहरूको अनगिन्ती घुइच्चो देखिन्थ्यो । तिनी मानिसहरूको घुइच्चोमा राम्रो हेर्दा धेरै जसो मानिसहरूले दोहोरो श्रवण फेरेको देखिन्दैनथियो ।
किन की धेरै दिन सम्म खाने कुरो खान नपाएर पनि हुनसक्थियो । मानव जातीको प्रण नै अन्न हो भन्ने कुरा त्यो बेला मात्र मलाई पनि तित्यो सत्य लाग्यो । यसरी मानिसहरूको अन्तिम ढुकढुकीलाई निरन्तरता दिन हामीमा पनि केही अरू विकल्प थिएन । थियो त खाली डर तरास र लाचारपन । त्यो बेला हामी दुई चार जना खाने कुरो खोज्न माई धार र खुरुङ्गा बस्ती तिर लागिऊ । भुटानमा हुँदा कहिले कतै मागेर नखाएकोले कसरी माग्ने भन्ने कुरामा धेरै गाह्रो भयो । यसरी गाउँका मानिसहरूले घर बाहिर निस्किएर को हौ ? कहाँबाट आएको ? किन आएको ? भनेर सोध्न थाले । हाम्रो भन्ने मुखबाट वाक्य होइन आँखाबाट आँसु निस्किन थाल्यो ! माग्न आएको भन्ने मुखमा कुनै शब्द नै थिएन । हाम्रो आँखाबाट झरेको आँसुको परिभाषा बुझेर उनीहरूले हामीलाई भने यिनीहरू न्याउरो देखिँदै छन् । भोकाएका छन् क्यारे ? हाम्रोमा बासी भात छैन ? कसैको उतरमा नानीले खाई नसकेको छ आवाज आयो । त्यही भए पनि दीउन । बिचाराहरुले कति भयो नखाएको !”
त्यो बेला आमाले नानीले नखाएको खाना हामीलाई दिनु भयो ! अनि उनीहरूको घरमा जे थियो चामल, पिठो, मकै , फर्सी, दिएको कुरो हामीहरूले माई खोलाको बगरमा जहाँ हाम्रा मानिसहरू थिए त्यहाँ लिएर आयौँ । र जे जति भेला भएको खाने कुरो बराबरी गोल्डेन खैनीको बट्टाले वितरण गरेर केही दिन हामीले यसरी जीवन गुजारा गरीउ । यसरी दिन प्रतिदिन भुटानबाट मानिसहरू आउने क्रम जारी थियो ।
यसरी खुरुङ्गा, माईधर, दुर्गापुर, बिर्तामोड, काकडिभिटा, हुँदै दुदे, झिलझिले, धरमपुर, दमक, मदुमल्ला, गाउँ देखिएका सबै नेपाली मन भएका गाउँले साथी भाइहरूले आ–आफ्नो बाल बच्चाहरूको मुख मारेर सहयोग उठाएर हामीहरूलाई ल्याई दिने क्रम जारी रह्यो । यसरी नेपाली मन भएका गाउँले साथी भाइहरूले त्यो सहयोगको भावना नपुरियाई दिनु हो भने साहेत हामीहरू नेपाल रेटक्रोस सोसाइटीहरूले दिने जुन सहयोगलाई हात थाप्न पुग्ने थिएनौ होला ।
यसरी नै दिनानुदिन भुटानबाट मानिसहरू आउने क्रम जारी नै थियो । त्येती बेला मानिसहरूको संख्य पाँच हजार हारहारिमा पुगिसकेको थियो होला । तब डक्टर भुम्पा राईज्यू र अरू धेरै साथीहरू किशोर राई, प्रताप सुब्बा, पी एस गुरुङ, मण्डल धनपति घिमिरे, मेम्बर टिकाराम रेग्मी, मेम्बर नाराद मुनी सन्यासी, हर्क जोङ्ग सुब्बा, रुद्र खतिवडा, हरि प्रसाद सन्यासी इन्द्र भण्डारी मकर गुरुङ, अरू धेरै सहयोगी साथी भाइहरूको नाम मैले छुटाए होला यसको लागी क्षामा प्रति छ ! यिनीहरू सबै दुवार डक्टर भम्पा राईज्यूको नेतृत्वमा युरोप नामक संस्था स्थापना गरियो ।
यसरी हाम्रा मानिसहरू भुटानबाट दिनको दिन आउने क्रम बडदै गएकोले युरोप संस्थाबाट नेपाल रेटक्रोस सोसाइटीमा आवेदन गरियो । केही समय पछि नेपाल रेटक्रोस सोसाइटीले केही खाने कुरो चामल, दाल, नुन, तेल, ओढ्ने कमल, छाप्रोमा ओढाउने हरियो प्लास्टिक, बासको छाप्रो बनाउन सुरु गरियो ।
यता हाम्रा मानिसहरू आउने लस्कर भने छुटेको थिएन । माई खोलाको जगर बगर सबै ढाकिएर काठमाडौँ देखि काँकडभिट्टा सम्म जाने राजमार्ग तल माथि दुवै तिरबाट भुटानी शरणार्थीहरूको छाप्रोले खुरुङ्गा बजार भोर्न पुगी सकेको थियो । त्येती मात्र कहाँ होर उतरी भू–भाग माई खोलाको दोमुखा पनि सबै ढाकी सकेको थियो । यसरी माईखोल र दोमुखा बगर सानै भए पनि मानिसहरूको सङ्ख्या लगभग २५,००० हजार जति पुगी सकेका थिए ।
यसैले ठाँडो भाषामा भन्नु पर्दा, माई खोलाको भुटानी शरणार्थी शिविर भनेर संसारमा परिचित हुन थाल्यो । यही नामको शिविर सञ्चालक समेतीका शिविर सचिव पी एस गुरुङज्यू शिविर सचिवमा निर्वाचित भए । यसरी पी एस गुरुङज्यूको नेतृत्वमा केही राम्रा काम पनि भए । शिविर संचालाक समेतको कार्यालय, अस्पताल, पारि पट्टी माई धार छेउको बगरमा विध्याल्य, त्यही विध्याल्यका प्रधान अध्यापक श्री टेकवीर कढरिया छेत्री हुनु हुन्थ्यो । अस्पतालका सुस्वास्थ्य कर्मी प्रमुख टि राना हुनु हुन्थ्यो ।
यसरी नै नेपाल रेटक्रोस सोसाईटीको मताहतमा रहेर शिविर संचालान समेतीले कार्यभार माई खोलाको भुटानी शरणार्थी शिविरमा आठ दस महिना शरणार्थी शिविर सचिव पी एस गुरुङज्यूको नेतृत्वमा शिविर परिचालन भयो । माई खोलाको शरणार्थी शिविरमा सबै मानिसहरू जीवन र मरनको दोसाँधमा आ–आफ्नो मृत्युको पालो पर्खी रहेको जस्तो देखिन्थ्यो । यसरी दुःख, कष्ट, पिर, मार्का, परेकै बेलामा कालले पनि मौका छोपेको हो कि भने झैँ सबै मानिसहरूको अनुहारमा त्यस्तो देखिन्थ्यो ।
यसरी भुटानीहरूको जीवन र मरनको प्रतिस्पर्धामा रुमलिएको दुई दिनको यो छोटो जिन्दगीले यसरी कल्पना गर्नु शिवय अरू कुनै विकल्प नै थिएन । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो !” हाम्रा पूर्वज कबिगुरुहरुको मत बिचार हामी भुटानीहरूको घटनाक्रममा ठ्याकै मिल्दो जुल्दो देखिन्थ्यो । यसरी बिहान देखि बेलुकी सम्ममा १८ देखि २३ २४ जनाको लास दफन गर्नु पर्दा भए भरका सबै मानिसहरू माईखोला बगरको मल मूत्र हुने रहेछौ भन्ने जस्तो लागेको थियो ।
यसरी धेरैको छाप्रोमा दैलो लाग्यो । अब त रुँदा–रुँदा सबैको आँखाको आँसु सकिएकोले होला धेरै पिर र वेदनाले रुँदा पनि आँखाबाट आँसु नआए पछि त हाँसे जस्तो दाँत मात्र देखिन्थ्यो । आँखामा बालुवा पस्ने डरले आँखा चिम्म गरो दाँत देखिन्छ । माई खोलाको बलुवाले मुख, नाक, कान आँखा सबै पुरिदिनथियो । कति मानिसहरू दुःख, कष्ट, सहन नसकेर माई खोलाको पुलबाट हाम फालेर मरे ।
यसरी दिन भरीको मलामी रात भरीको भुत खेजाई ! बाकी रहेको अरू समय हावा हुन्डरीले छाप्रो उढाई दिने डरले त्यो संस्थाले दिएको हरियो पलाष्टिकमा झुन्डिएर नै निदाउने धेरै जसो मानिसहरूको बानी परिसकेको थियो । भुटानबाट मानिसहरूको आउने क्रम दिन प्रतिदिन बढ्दै गएकोले माईखोला, दोमुखा, खुरुङ्गा सबै ढाँकी सकेकोले गोलधापमा शिविर बनाउने अनुमति पाहियो । यसमा हाम्रा दागापेलाका मण्डल श्री रुद्र खतिवडाज्यूलाई गोलधाप शरणार्थी शिविरको सचिव बनाएर गोधाप शिविरमा पठाइयो ।
त्यसै गरी टिमाई शरणार्थी शिविरमा राजमान गुरुङ, खुदुनाबारी शरणार्थी शिविर, पथरी शरणार्थी शिविर, यसरी नै माई खोलाको शरणार्थी शिविर बेलडाँगी एक, दुई, तिनमा सरुवा भयो । एक र तिनमा नयाँ शरणार्थी शिविर सचिव निर्वाचित गरियो र बेलडाँगी दुईमा शरणार्थी शिविर सचिव पी एस गुरुङज्यू दुवार नै सञ्चालन गरियो । जब यसरी शिविर सरुवा भए पछि शरणार्थीहरूको बाँच्ने आशा र रहर हौसला चिउला, मुना, काइनाहरू पलाए जस्तो पलाएर आयो !
यसरी सुरुवातमा “नेपाल रेटक्रोस सोसाइटी”, “लुथ्रन वल्ड फुड करपोरेसन”, “यु एन एच सी आर”,“केरीटास”, “अक्सफम”, “आमडा”, इनै सङ्घ सस्थाहरुको मताहतमा रहेर शिविर सञ्चालन हुन थाल्यो । यस पछि भने माईखोलाका शरणार्थीहरूले रात भरी भुत खेज्ने र दिन भरीको मलामा जानुबाट केही राहत पाए !
बाँकी दुःख त जे थियो थिदै थियो !”, “कस्तो छ ? भनेर कसैले सोधे भन्नलाई जाति नै छ ! भन्नु पर्छ,तर जस्तो छ , आफैलाई थाहा हुन्छ !”, यसरी त्यो छाप्रोमा शरणार्थीहरूलाई दिने सुविधा सबैमा बराबर नै थियो । चामल, दाल, नुन, तेल, चिनी, र हप्ताको लागी सब्जी, कोपी, फर्सी, केरा, आलु, र परिवारहरू बस्ने सानो एउटा छाप्रो, अनि एउटा शौचालय । हल्का औषधि उपचार इनै वस्तुहरू शरणार्थीहरूले पाएका थिए ।
यसरी प्रत्येक छाप्रोलाई खाना पकाउने समान चुलो, किरासन, पथरकोईला, भाँडा कुँडा, पानी राख्ने पलासटिकको जर्किन, हलुङेको गाग्रो, अनि दुई चारबाट कालो कमलहरू, र एउटा–एउटा लाउने लुगा । यसरी नै बाल बालिकाहरूलाई पौष्टिक आहारा । र औपचारिक शिक्षा, र प्रौढ शिक्षा । यती सामाग्रीले शरणार्थीहरूलाई खान पुग्छ वा पुग्दैन भन्नु भन्दा पनि सरसामान भेला पारेर दिनु भनेको धेरै गाह्रो कुरा थियो । यसरी सरसामान खोज मेल गरेर दिनु हुने दात्री सङ्घ-संस्थाहरूलाई भने त्येती सजिलो थिएन ।
यसरी भूटनीस शरणार्थीहरूलाई सहयोग पुर्याइ दिनु हुने सबै दात्री सङ्घ संस्थाहरुलाई हामी सम्पूर्ण भूटनिस शरणार्थीहरूको तर्फबाट र म मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि धेरै–धेरै धन्यवाद अर्पन गर्न चाहन्छु । फेरी पनि सन् १९९१ को जुन १४ देखी नेपाल रेडक्रस सोसाइटीले भुटानी शरणार्थीहरूलाई छाप्रोको सुविधा र केही राहत दिन थालेको थियो । यसरी भुटान देखि भूटनिसहरुले आफ्नो देश छोडेर भाग्ने क्रम सबै भन्दा बडी अरू साल भन्दा सन् १९९२ मा नै हुनु पर्छ । जहिले देखि शरणार्थी शिविर स्थापना भयो तहिले देखी नै शरणार्थीहरूले शिविरको नियमलाई पालना गर्दै आएको देखिन्थ्यो ।
यसरी भुटानी शरणार्थीहरूको आस्था र बिशुवासमा हाम्रो सङ्घ-सस्था र राजनीति दलहरू धेरै संघगठित भए । ती सङ्घ-सस्था र राजनीति दलहरूको एकता हुनको प्रमुख कारण नै आफ्नो स्वदेश फिर्ता हुनु हो । यसरी राजनीति दल र सङ्घ-सस्थहरुले भुटान फिर्ताको कार्यक्रम आ–आफ्नै क्षमता र योग्यताको आदरमा कार्यक्रम नगरेको होइन । यसमा “आहूरा भुटानको नेतृत्वमा भुटान फिर्तीको कार्यक्रम सत्य पद यात्राले केही सकार आत्मा रूप लिएको थियो । त्यो पदयात्रालाई बङ्गाल सरकारले भुटानी शरणार्थीहरूलाई सत्य पदयात्रामा जाँदा धड पकड र कुटपिट गर्दै बरमपुर जेलमा कोचारेको थियो ।
यसरी बङ्गाल सरकारको कुटपिटको कारणले धेरै भुटानी शरणार्थीहरू अन्धा, र अपाङ्ग भए त्यो बेला भएको कुटपिटको असर हाल विभिन्न देशको पुनर्वास पछि भुटानीहरूलाई विभिन्न पर्काको रोग बनेर देखा परेको छ ! त्यही पद यात्रामा बाबुराम स्यङ्गदनको मृत्यु भयो । यसरी भुटानी शरणार्थीहरूको सत्य पदयात्राले भारत सरकारको पहरा तोडेर भुटान प्रवेश गर्नु भनेको शरणार्थीहरूको लागी चानचुने कुरा थिएन । यध्यपी केही भुटानी शरणार्थीहरूले मङ्गलाबारे, जैगाउँ, हुँदै फुञ्चोलिङ्ग गेटबाट भुटान प्रवेश गरेका थिए ।
यसरी हाम्रा सङ्घ-सस्था र राजनीतिक दलहरूको वैचारिक,राजनीतिक, कूटनैतिक मार्गदर्शनको अयोज्ञ्यता भनौँ या लालचित प्रवृत्तिको कारणले भनौँ त्यो भुटानी शरणार्थीहरूको सत्य पद यात्रालाई भारत सरकारले दबाउन सफल भयो । यसरी जोस, जाँगर, र हिम्मत बोकेर सत्य पद यात्रामा हिँडेका भुटानी शरणार्थीहरूको पद यात्राहरू घोर जङ्गलको सानो गोरेटोमा यात्रा गर्दै जाँदा गोरेटो नै मेटिए पछि भुटानी पद यात्रीहरू पुन फर्किएर आ–आफ्नो त्यही सानो शरणार्थी शिविरको झुपडीमा कहेद भए !
यसरी हामी र हाम्रा सङ्घसंस्था र राजनीति दलहरूसँग साधना छ । तर हात र खुट्टा नभएका सिकारी सरह आ–आफै कुम्लो परि गुँज–गिजाउनु शिव या अरू केही बाँकी रहेन । यसरी हाम्रो राजनीतिक सिद्धान्तलाई अन्तर्राष्ट्रिय बुद्धि जीबीहरुले मन नपराएर हुन सक्छ । पुनर्वास प्रक्रिया शरु गरिएको हो । सिद्धान्त यस्तो होस् कि हाम्रो देशको सिध्दन्तले अरूको देशमा पनि फुल्न लटरम्मै फल्न सहयोग पुरियोस् !”
“यसरी दुई सय वर्ष भन्दा पर पूर्व काल देखि नै ल्होछाम्पा भुटानमा बसोबास गरी रहेका भूटनिस बुद्धि जीवी ल्होछाम्पा दाबी छ । भुटानी लोछाम्पालीहरुले आफ्नो नैतिकता र इमानदारिता पूर्वक जिम्मेवारी बहन गरेको देखेर भुटान सरकारले १६२४ मा सन्धि पत्र गरेर नेपालीहरूलाई भुटान लगिएको हो । आज यसरी नेपाली भाषी भुटानी नागरिकहरूलाई भुटान सरकार आफैले नै न्यायको खोजीमा विभिन्न देशको अन्तर्राष्ट्रिय न्यायालयको कठघरामा आफ्नो गल्ती छोप्नु भन्दा पनि उजागर गर्न पुरियाएको देखिन्छ ।
यसरी भारत ससकार दुवार भुटानी नागरिकहरूलाई मेची खोलाको किनारमा ल्याएर थुपारिएका नेपाली भाषी भुटानीहरूलाई माई खोलाको बगरमा शरणार्थी शिविर बनाएर राख्ने प्रबन्ध होस् अथवा नेपाल “रेटक्रोस सोसार्यटी” “राष्ट्रिय सङ्घ उच्चआयोग” सहितका विभिन्न दात्री सङ्घ सस्थाहरुलाई निम्त्याउने कुरामा डा भम्पा राईज्यू पहिलो व्यक्ति हुनु हुन्थ्यो ।
यसरी भुटानी शरणार्थीहरू प्रति डा भम्पा राईज्यूले गरेको सहारा र सहयोग तपाई हाम्रो सानो सहयोग र शब्दमा व्यक्त जति गरे पनि कमै हुन्छ । यदि डा भम्पा राईज्यू त्यो घडी माईमा नहुनु हो भने आज तपाई हामी यो अवस्थामा निशच्या पनि हुने थिएनौ होला । तपाई हामीहरू डा भम्पा राईज्यूको यती ठुलो समर्पणको रिनी छौ । डा भम्पा राईज्यूले तपाई हामी प्रति सेवा सुसार गर्दा गर्दै आफ्नो ज्यान गुमाउनु भयो यो नै हाम्रो निम्ति “अविस्मरणीय क्षण” बनी दियो !” यो शब्द हाम्रा कवि गुरुहरूले भनेको कुरा जस्ताको तस्तै राखे है त !
भाक, भुल, दया,क्षमा र मम्त सन्तोष जान्दैन त्यो !
इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो !
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो !
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो !
यसरी हिजो डा भम्पा राईज्यूलाई लग्यो ! भोली तपाई हामीलाई लानेछ ! यो प्रकृतिको नियम नै हो ! तपाई हामी सबै जनालाई रिनी बनाएर छाडेर जानु भएका डा भम्पा राईज्यूलाई । यो लेख जो–जो साथी भाइहरूले पड्नु हुन्छ सम्झना स्वरूप मात्र भए पनि डा भम्पा राईज्यूको आत्मालाई स्वर्गमा वास मिलोस् भन्दै एक पल मनधारन गरो !”
यसरी जहाँ जे जति भए पनि हामी भुटानी शरणार्थीहरूलाई शरण दिनु हुने नेपाल आमालाई हृदय देखि सम्झना र धेरै–धेरै माया !” न दिन न रात दुःख कष्टसँगले मुकाबला गर्दै शरणार्थी शिविरका बाल बालीका देखि जवान र वृद्धहरूले लक्ष्य प्राप्तिको लागी सबै एक जुट भएर सधैँ अघि बढी रहे ! आउँदा दिनहरूमा पनि सबै अघि बढी नै रह्योन् !!”
धन्यवाद