असहज सम्बन्ध

कथाकार

ऋचा शर्मा तिवारी*
काठमाडौँ

उनीहरुबीच गहिरो सम्बन्ध थियो । माया गर्दथे । समर्पण थियो । मायामा धेरै माथि थिए यो जीवनमा । ऊ गम्भीर प्रकृतिको थियो । जीवन चाँडै पचाएको मानिसझैँ तर लाग्दथ्यो भगवानले नै उनीहरुको जोडी बनाएको हो । त्यसो त धेरै वर्ष उनीहरुको मायामा बित्यो तर उनीहरु क्याम्पस पछि भेट भएन । ईमेल र च्याटमा मात्र, तर यति लामो समयसम्म यसरी माया गरे उनीहरुले कि उनीहरुसँगै नै भए जस्तो गरी । अचम्म थियो उनीहरुको सम्बन्ध । धेरै अचम्म सम्बन्धहरुको बीच असहजता थियो उनीहरुमा । ता पनि उनीहरु समर्पित थिए मायामा । जीवन चल्दै थियो आफ्नो रफ्तारमा, उनीहरु त्यही रफ्तारसँगै चल्दै थिए । विछोडको धेरै समय पछि उनी हिजो अचानक बाटोमा भेटिएकी थिइन् । मलिन अनुहार बोकेर
हिँडिरहेकी थिइन् । उसलाई लाग्यो कतै ठूलो दुर्घटना नै भएको हुनुपर्छ उनको जीवनमा तर सोध्ने साहस गरेन । ता पनि उसको मनभरी उत्सुकता रहयो कारण जान्ने मलिनताको । सामान्य बॊलचाल मात्र भयो खास केही भएन । त्यसो त आफनो मनभरी ताजा पीडा व्याप्त थियो । यही कोशिश थियो कि उनको पीडा अघि उसले आफनो पीडाहरु अनुहारबाट नझल्कियोस् । एकदिन उनले भेटन् अनुरोध गरिन् । उनको अनुरोध उसले स्वीकार ग-यो । बाटोमा सामान्य बोलचाल पछि पछि भेट्ने बाचाका साथ फर्किन । तर समय वित्दै गयो उनीहरुको भेटघाट भएन । एकाएक फेरि भेटिए खुशीका पलहरु समेटिए दुवैमा तर कसलाई थाहा त्यो खुशी पीडा हुन्छ भन्ने । त्यस्तै भयो, हुन पनि । सोचिन् यतिका वर्ष गरेका मायाहरुबाट उनले के पाइन् ? केवल पीडा र धोका । हुन त नियतिले विछोड हुनु धोका त होइन तर पनि उनले महसुस त्यही गरिन् । आज भेट्ने दिन थियो कतै शरहमा र भेटिए पनि उनीहरु । उसले कतै बसेर कुरा गर्न आग्रह गरे । आग्रह स्वीकारका साथ उनीहरु कतै रोकिए र धेरै पुराना स्मृतिहरु ताजा गर्न लागे ।

स्मृतिका पल ताजा गर्ने क्रममा उनले रोकिएर सोधे । “तिमीले विहे ग-यौ ?” उनी अक्मक्क परिन् र भनिन्- “गरिनँ” । “तिमीले नि?” उनले प्रतिउत्तर गरिन् । उसको जवाफ आएन मौनता छायो एकछिन दुवैमा । एकाएक ट्वाल्ल परेर हेरे । उनीलाई वातावरण अप्ठयारो महसुस् भयो । भनिन् -अब जाउँ है । होइन, एक छिन बसौँ न, कति समयमा भेटेको, हुन्न र ? लौ, तिमी भन्छौ भने । किन विहे नगरेको, भन्न मिल्छ कि? खै भने जस्तो कोही भेटिएन । खोजी देउन कोही हुन्न र ? कस्तो असहज प्रश्न थियो यो । तर उत्तर आएन । थाहा थियो आउँदैन । त्यसैले प्रश्नको उत्तर पाउने व्यग्रता थिएन उसमा । उसको मन चिसो भयो । मनभरी प्रश्नले खेद्न थाल्यो, कसरी भन्ने ? तर सकेन उसले । उनले बीचमै भनिन् – के कुरा खेलेको छ मनमा, किन दोधारमा हो? उसल भन्यो– होइन, केही होइन । अब जाऔं पनि । ल जाऔं त । एकछिन् टाढा पुगेर रोकिन्छन् । उनी मौनता चिर्दै उसले भन्यो – “मैँले त विहा गरेँ नि” । उनी निस्शब्द भइन् र सुनिन् मात्र । केही भनिनन् । एकाएक आँसु झार्दै उनी अगाडि लम्किइन् र ऊ पछाडिबाट एकतमासले हेरिरह्यो । उनको भावना बल्ल बुझ्यो ।

*Reecha sharma Tiwari is a freelancer journalist and General member of Federation of Nepalese Journalists ,kathmandu branch. She blogs at www.abhibyanjana.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *