असार

के सी सान्दाइ
साउथ अष्ट्रेलिया

वर पर सब नाङ्गो खेत आली जमाई
छम छम गरि नाच्छन् बाल बृद्धा रमाई ।
शुभ दिन ठहराई खेतमा काम गर्छन्
झटपट गरि खाजा बोकि ती बेँसि झर्छन्॥१

सिम सिम गरि पानी पर्न लाग्यो असार
सबजन घुम पाखी ओड्न थाल्छन् बिचारा।
तनमन दिइ त्याहीँ खेतमा काम गर्छन्
नव तरुण रमाई काममा लागि पर्छन् ॥२

दररर….गरि बर्षा बर्षँदा त्यो धरामा
मिलिजुलि अबला ती धाँन रोप्छन् गरामा ।
वरपर बिउ बाँड्दै बाउसे नाच्न थाल्छन्
मनमिसि नर-नारी पीरती गास्न थाल्छन् ॥३

प्रकृति पनि बिछट्टै आइ सामू रमाई
पवन पनि खुसीले हाक्छ पङ्खा समाई ।
प्रकृति सित मितेरी लाउँदै काम गर्छन्
घरफिरि खुसिले ती सन्चको सास फेर्छन् ॥४

छन्द  मालिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *