अस्ट्रेलियामा भानु जयन्ती सम्पन्न

साहित्य परिषद् भुटान, अस्ट्रेलिया शाखाको आयोजनामा २१० औँ भानु जयन्ती समारोह गत १६ जुलाई २०२३, आइतबार (अस्ट्रेलियाको समय) का दिन सम्पन्न भयो । कोभिड -१९ को महामारी पछि संसारले सिकेको
पाठ- “ डिजिटल ट्रान्सफर्मेसन इन अल वक्स अफ लाइफ” भन्ने कुरालाई मनन गर्दै भर्चुअल मञ्चबाट सफलता पूर्वक सम्पन्न गरेको छ ।

साहित्य परिषद् भुटानका अध्यक्ष  गङ्गा लामिटारेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा साहित्यकार कृष्ण धरवासी हुनुहुन्थ्यो । यसै गरी विशेष प्रकाश आङ्देम्बे समाजसेवी तथा भुटान टु ब्ल्याक टाउन पुस्तकका लेखक ओम ढुङ्गेल, पुण्य फाउन्डेसनका निर्देशक डा. लक्ष्मीप्रसाद ढकाल साथै जी बि एल ओ अध्यक्ष कर्ण गुरुङ जोडिनु भएको थियो । भर्चुअल मञ्चबाट छ देशहरू- अस्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे, न्यु जिल्यान्ड र नेपालबाट गरी २० रचनाकारहरूले आफ्नो उपस्थिति जनाउँदै विभिन्न विधामा आफ्नो रचनाहरू प्रस्तुत गर्नु भएको थियो ।

यसै गरी कार्यक्रममा दुई कृतिहरूको चर्चा गरिएको थियो । चर्चा गरिएका पुस्तकहरूमा:
1. क्रिएटिभ सर्कल अस्ट्रेलियाले प्रकाशन गरेको नेपाली रुबाई इतिहासमा पहिलो संयुक्त रूबाईकृति “खैयामलाई प्रश्न” लाई वक्ताको रूपमा साहित्यकार प्रकाश
आङ्देम्बेवाट चर्चा गर्नु भएको थियो ।
2. नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको संयुक्त कविता कृति “पुनर्वासपछिका भुटानी नेपाली कविता” लाई वक्ताको रूपमा साहित्यकार कृष्ण धरावासीले चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा हाल अस्ट्रेलिया निवासी समाजसेवी अम्बिकाप्रसाद दुलाललाई भुटान हुँदै नेपाल र हाल अस्ट्रेलियामा पनि नेपाली भाषा र संस्कृतिको जगेर्नामा खेल्नु भएको अतुलनीय भूमिकालाई मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो । उहाँको सम्मान पत्र केही समयपछि र एडिलेट अस्ट्रेलियामा एउटा कार्यक्रम गरेर हस्तान्तरण गर्ने साहित्य परिषद् भुटान, अस्ट्रेलिया शाखाका निर्देशक दुर्गा प्रसाद रिमालले जानकारी दिनु भएको छ ।

क्षितिजको मित्र प्रकाश धमलाले सञ्चालन र दुर्गा रिमालले सहसञ्चाकको भुमिका निर्वाह गर्नु भएको थियो ।  कार्यक्रमलाई डिजिटल मञ्चमा सहभागीलाई जोड्ने कार्य ओभेत साम्पाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *