अस्तित्वको खोजी

कवि

विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल

ध्वंसले चेतनाको उद्बोधन नगर्दा
आशातीत जिजीविषामा नैराश्य छाएको छ ।
परिवर्तनको कलेवरभित्र कुत्सित विचारले
अमूर्तताको शून्य भोका पेटहरू
चट्टानमाथि छट्पटाइरहेका छन् ।
जीवनको त्रासद अग्निशिखा
विक्षिप्त, विदीर्ण र आतङ्कित अनुहार
मानौँ मभित्रका कोमल मुटुहरू रेगेस्तनमा
उम्रिएको क्याक्टस भएको छ
रङ्गीन सपना र अहङ्कारको हुरीले
कैयन वस्तीहरूमा कलहको खहरे आउँदा
को पटाक्षेप भए त ?
अभाव छ —
त्यागी, ज्ञानी र सुदूरभविष्य कोर्ने मान्छेको
तिरस्कृत हुन लाखौको भविष्यमाथि अँध्यारो आलोक बाल्ने मान्छे
मूल्य र मान्यता सिकाऊँ भावी सन्ततिलाई
गर्व गर्न सकूँ समृद्ध पारी आफैंलाई ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *