‘अ परदेशी इन प्याराडाइस’ विशेष थर्ड जेनेरेसनलाई

लेखक
लेखक

जे एन दाहाल
पेन्सिल्भेनिया, अमेरिका

 

अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणको नाम पुन: दोहोर्याएर पढेँ किनकि त्यसले नै मलाई काफी कौतुहल्ता दिलाई सकेको थियो। अङ्ग्रेजी साहित्यको कलिलो पाठक भएपनि बडो उत्सुकतासाथ कम्पनीको लन्च र ब्रेकसँगै पुस्तक हातमा समाई रहेँ। पन्ध्र दिनको लगातार पढाई सिध्याएर यसको समीक्षा लेख्न बसेको छु । यसबिच मलाई पढ्दै गर्दा मनमा लागेका कुरा पेन्सीलले अन्डरलाईन गरी ती जिज्ञासा लेखकसँग साटी सकेको छु । ती केही कुरा यहाँ खोतल्ने छु ।

विषय प्रवेश:
लेखकीय भाषामा भन्दा स्वदेशबाट कथाको सुरुवात हुन्छ, गेलेफु जहाँ लेखकले आफ्नो बाल्यकाल बिताए । त्यो समयमा यस्तो चलन थियो, दाहिने हातले देब्रे कान र देब्रे हातले दाहिने छुन सफल भए पछि मात्र स्कुल लागाउने गरिन्थ्यो। सम्भवत यो चलन चल्ली भुटानमा मात्र थियो।

‘डबल सिटीजन कार्डस् एण्ड नो स्टेट’ शीर्षकमा पृष्ठ नम्बर ९ मा एउटा प्रसङ्ग छ। उनले पढ्ने याङ्ग्चेन्फु हाई स्कुलमा प्रिन्सिपलले परीक्षाका लागी सिटीजन कार्डमा (भूटानी नागरिक्ताको प्रमाणपत्र) भएकै विवरण फारममा भर्नु भनिएको थियो। उनले आफूसँग सिटीजन कार्ड नभएको र डिस्ट्रीक अफिस(जिल्ला कार्यालय) बाट अझै सिटीजन कार्ड नपाएको कुरा सुनाए। कसैले मोतीथाङ् इमिग्रेसन डिपार्टमेन्ट जाँदा त्यहाँ मिल्छ भने पछि ढोका ढक्ढक्याउन पुग्छन्।

उप्न्यास:- अ पर्देसी इन प्यार्याडाइस
उप्न्यास:- अ पर्देसी इन प्यार्याडाइस

सोही विवरण बताए पछि इमिग्रेसनले सिटीजन कार्ड बनाई दिन्छ। पछि गेलेफू फर्किए पछि थाहा हुन्छ गाउँमा उनको अर्को सिटीजन कार्ड दिई सकेको हुन्छ। त्यो समयमा यसरी एउटै व्यत्तीका दुई भिन्न भिन्नै दर्ता नम्बर सहित सिटीजन पाउनु चानचुने कुरो होइन। यो पुस्तकको सुरुवातकै रोचक प्रसङ्ग हो।

भूटानमा मुख्यतय चार तरिकाले सम्बन्ध गाँसिन्छ । जन्म, विवाह, मित र बसोबास। यस सुन्दर र शान्त भूमिमा चारै प्रजातिका मानिसहरू बसोबास गर्छन्, ङालोङ्ग, सार्सोप, ल्होत्साम्पा र डोया (लोप) । जब ङालोङ्गमा ल्होत्साम्पा जातीको प्रगति देखेर डाह उत्पन्न हुन्छ तब ङालोङ्ग (ड्रुक्पा) जातिले नेपालीसँग बिहे होस् भन्ने सम्म चाहना राख्छन् तर चाहना राखी सक्दा सम्भव हुने कुरा थिएन। त्यसैले तिनै ड्रुक्पाले केही समय पछि यसरी अन्तर-जाती बिहे गर्नेलाई न्युल्ट्रम पाँच हजार र जग्गा जमिन पनि दिने भन्ने प्रलोभन बाँडियो । तर पनि सफल भएनन्। ती मान्छेले नेपाली जातिलाई कुन दृष्टिले हेर्थे भन्ने यहीँबाट प्रस्ट बुझिन्छ। १९९० मा ‘रोयल गोभ्मेन्ट अफ भुटान’ले गरेको जनगणाका आधारमा भुटानी जनातालाई एफ वान देखी एफ सेभेनसम्म वर्गीकरण गरिएको थियो। जसमा एकै परिवारको सदस्यहरूमा बाबु एफ वान, आमा एफ टु र छोरा छोरी एफ सेवेन सम्म पारिएको थियो। जसको अर्थ हुन्छ, एफ वान: खाट्टी भूटानी र एफ सेवेन: नन् भुट्नीस् अथवा गैर भूटानी । एफ सेवेन देशका नागरिक नभएकाले छोड्नु पर्ने भनिएको थियो। यो वर्गीकरणमा दक्षिण भुटानी, मुलत: नेपाली भाषी धेरै दुखी भए।  सेन्चेसको(जनगणाको) निर्णय सहन नसकी शिक्षक गोविन्द र सिता मोतेले त्यही आत्महत्या समेत गरेका हुन्।

१९९० मा दक्षिण भुटानीका आँखै अघि नेपाली पुस्तक जलाइन्छ । यो हृदय विधारक घटना हो। यसका साथै बेरोजगारी, भेदभाव, घृणा र दबाब  सहनु पर्छ। भुटानी राजाको एकतन्त्र शासन प्रणालीका कारण त्यहाँबाट लखेटीनु केहीसाल अघि कत्ती परिवार जग्गाजमिन बेचेर भारतको जयगाउँ र नेपाल समेत बसाई सर्नु त्यो समयको बाध्यता हो । यध्यपी प्राय भुटानीले आफ्नो जग्गाजमिनको नाम सारी नगरी देश छोडेका हुन्।

गाउँ घरमा रोयल आर्मी खटाएर दु:ख दिएको घटनाको एउटा उदाहरण पेज १०५ मा ‘वार्य रेप ईज राईट’ शीर्षकमा एउटी चेलीको दुखद वलात्कृत घटना मार्मीक रूपमा प्रस्तुत छ । यो पढ्ने जो कोही पाठकको भारी मनले भन्छ छी! छी!! छी !!! भूटानी सरकारको ज्यादतीका पाना अघि बढ्दै जान्छन । मङ्कले यो ड्रुक्पाको मात्र देश हो, नेपालीको हैन ! मानौँ नेपाली भएर जन्मनु नै गल्ती हो भन्ने देखाएका छन् । यो वाक्यले पनि च्वास्स घोच्छ।

डा० गोविन्द रिजाल
डा० गोविन्द रिजाल

डा. रिजाल भूटानमा नै बाह्र पास गरेर ईण्डीयाको बाटो हुँदै पछि एक्लै नेपाल आएका हुन । नेपालको बेल्डाँगी शिविरमा बसोबास गरेका उनका बाबा आमा र आफ्नतहरुको बसाई उनले अपेक्षा गरे जस्तो थिएन । बाँसको घर, माटाले लिप पोत्त गरेको परिवारका सदस्यसँग भेटभएकोमा खुसी हुन्छन् भने त्यहाँको परिवेश देखेर उनी धेरै दुखी बन्छन्।

कल्चर इन एक्जायल्ड शीर्षकमा पाना नम्बर १९३मा लेखिएको छ, भूटानमा दसैँमा सेतो टिका लगाईन्थ्य यध्यपी धेरै भूटानीले नेपाल आए पछि रातो रङ्गको टिका लगाउन थालेका हुन् । भूटान छाड्नु अघि १९८६ सालमा टिका लाएको स्मरण गर्दै १९९४ शरणार्थी क्याम्पमा टिका ग्रहण गर्छन्।

यो पुस्तक लेखकको विद्यार्थी जीवन, शरणार्थी अभावको अनुभव र शिक्षण पेसाकै सेरोफेरोमा घुम्छ । यहाँ मार्मीक कुरा यो छकी भुटानमा दुई दुई वटा सिटीजन कार्ड पाउने लेखकसँग हाल न भुटानी नागरिकता छ, न नेपाली । चाहँदा चाहँदै पनि नअमेरीका जान सक्छन्, न स्वदेश फर्कन सक्छन्! कहिले सम्म पर्देशी रहने? कहिले फर्कनु स्वदेश? उनको वर्तमान यिनै कुराले सताएको छ भने भविश्य के होला? यो प्रश्न हामी सबैलाई छाडेका छन्।

गेलेफू हस्पिटलमा बिरामी आफ्नी हजुर आमासँग ( लेखकको भाषामा आमै) भूटान छाड्नु अघि अन्तिम भेट्छन । उनले भनेकी छन्, ‘अब हाम्रो भेट हुँदैन’ तर त्यो पछि आमैको प्रसङ्ग आउँदैन? उहाँ भुटानमै बित्नु भयो या नेपालमा ? यो प्रसङ्ग पनि क्रमशः ल्याउनु पर्थ्यो । लेखकको आफ्नै कलात्मक शिल्पमा स्वदेश, पर्देश र विदेश शब्द अङ्ग्रेजी भाषामा जस्ताको त्यस्तै उतारिएको छ । उहाँको भनाइमा, यी शब्दहरूको यो भन्दा राम्रो अनुवाद हुनसक्दैन। मलाई यो निक्कै रोचकीय लाग्यो।

सबै भन्दा महत्त्वपूर्ण कुरा पुनर्वास पछि एसिया, अस्ट्रलीया, उत्तर अमेरिका र युरोपमा रहेका भूटानी समुदायको थर्ड जेनेरेसनलाई जो अङ्ग्रेजीमा अब्बल छन् तिनीहरूलाई यो पुस्तक विशेष ज्ञानवर्दक रहने देखिन्छ । किनकि उनीहरूले झुटो इतिहास पढ्नु पर्ने बाध्यता छैन।

यो पुस्तक पढी सक्दा अङ्ग्रेजी पाठकले पनि स्वदेश, विदेश र प्रदेशको अर्थबोध गर्छ र सोच्न थाल्छ की उसको विदेश र प्रदेश के के हुन।

कारीटस नेपालले जोङ्खा भाषा शिविरका स्कुलमा भित्रयाए पछि मान्छेहरू भूटानी भनेर आफूलाई चिनाउन लाग्छन्।

तर महत्त्व पूर्ण कुरा यहाँ लेखकले छुटाएकै हो जस्तो मलाई लाग्छ, जोङ्खा भाषा भित्रनु अघि शिविरमा संस्कृत पढाइन्थ्यो । त्यस पछि मात्र जोङ्खा भित्रिएको हो । यसको प्रसङ्ग पुस्तकको अन्तिम पाना सम्म कतै भेटिन्न । पुस्तकमा भूटान भित्र र बाहिरको जनआन्दोलन बाहेक दर्शन,साहित्य,धर्म र विचार पनि छ।जसले पाठकलाई कतै मज्जाले हँसाउँछ त कतै रुवाउँछ।कतै बिचरा भन्ने भावनात्मक बनाउँछ।

भूटानी नेताहरूको पहलमा स्वदेश फर्कन शारणार्थीहरुले मेचीपुल सम्मको ‘पिस मार्च’ नामक रेल्ली निकालिएको थियो । अफ्सोच भारतीय सरकारले जबर्जस्ती पक्राउ गरेपछि १५० (महिला तथा पुरुष) जना सिलगुडी जेलमा पर्नु जस्तो दुखद् घटना पाठकले अपेक्षा गरेको हुँदैन । शान्ती जुलुसमा निस्किएका मानिसहरू भारतीय सेनाले कसरी जेलमा थुन्न सकेको होला ? कत्रो ठुलो जिज्ञासा उत्पन्न गर्छ।

अझ सङ्घर्षको कथा सुरु हुन्छ जब यही समय बाबुराम सिंग्देन ईन्डीयामा वित्नुभएको घटना बाहिर आउँछ । यहाँका पंत्ती पढ्दा पाठकले आँसु खसाल्छ । पुस्तकमा भूटानी इतिहास, राजनीति, भूगोल, भाषा र संस्कृतिको सार्है सरल तरिकाले बयान गर्नु भएको छ । पुस्तक आफैँमा स्मरणात्मक भएकाले  पानाका लामो इतिहासको कालखण्ड पढी रहँदा कथाक्रम बढाएर र यो इतिहास अलि छोट्याउन पनि सकिन्थ्यो की भन्ने देखिन्छ।

शान्ता उनकी श्रीमतीका साथ र सहयोगमा सिडीयो कार्यालय चन्द्रगढी र सिंहदरवार काठमाडौँ धाउँदै रिफ्युजी ट्राभल्स डोकोमेन्ट लिएर उनी जापान र फिलीपिन्ससम्मको यात्रा तय गर्छन् । जहाँ उनी पी.एच.डी गरेर डाक्टर उपाधी हाँसिल गर्न सफल बन्छन् । नयाँ परिवेशमा गएर चुनौती बिच सङ्घर्ष गरी सफल्ला हात पार्नु ठुलो प्राप्तिको।

उपसंहार:
पुस्तकमा डा. रिजाल निक्कै भावुक गरी तितो सत्यता यसरी पोखेका छन्, लाखौँ मान्छेलाई देशबाट धपाउनु मानवीय अपराध हो । भुटान सरकारले अपमानजनक अपराध गरेको छ । पर्देशी इन पेराडाईस् शीर्षक पेज नम्बर ४९७ अन्तिमतिर लेखेका छन्, सयौँ पल्ट काण्डमाण्डौ र दमक धाउँदा बल्ल रिफ्युजी ट्राभल्स डोकोमेन्ट पाएको छु, जुन नेपाली पास्पोर्ट भन्दा चार गुणा महँगो र अवधि सालभरको मात्र हुन्छ । हाल म त्यसैका आडमा यात्रा गरिरहेको रहेका छु। तर यो क्रम कहिले सम्म चल्छ? के मेरो भुटान फर्कने या अमेरिका प्रस्थान गर्ने रुचि नभएको हो र? तर किन नेपाल सरकारले उपाय निकाली रहेको छैन?

यसरी गम्भीर घटना देखाउँदै पर्देशी इन पेराडाईस सकिन्छ र यो समस्या पनि त्यसरी नै टुङ्गो लागोस् भन्ने म चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *