आगमन

दीपक शर्मा
टेक्सास, अमेरिका

तिम्रो आगमन जुन रहर
लिएर मसँग भयो
त्यही रहरमा म हाँस्न सकिन ,
तिम्रो कोमल स्पर्श
जुन उमङ्गमा म सँग भयो
त्यो पलको महसुस मैले
आज नि गर्न सकिन ,
भ्रमित भएँ म तिम्रो रूप देखेर ,
तिम्रो चाल देखेर ,
तिम्रो मौसम बदल्ने बानी देखेर ,
आज तिमी अवाक छौ,
किनकि तिमीले खोजेको
तिमीले रोजेको त्यो चिज ,
खोइ कहाँ छ मलाई नि थाहा भएन ,
तिमीले नसोचेको भयो ,
किन भयो त्यो त तिमीलाई मात्र थाह छ,
फेरि भन्दैछौ:
जे भयो, आखिर राम्रै भयो
किनकि म स्वतन्त्र भएँ ,
किनकि म हर बन्धनबाट
मुक्त भएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *