आचार्य नारद सुदामाका एघार बाछिटाहरु

आचार्य नारद सुदामा
प्यान्सिल्भिनिया, अमेरिका

 

(१)
प्रभात
नव्य चेतना
बिख्यात

(२)
गगन
तारापथको
आँगन

(३)
सङ्गम
सृष्टि र कर्म
दोभान

(४)
गुलाबी
आयु सृष्टिको
सलामी

(५)
जननी
सहनशील
धरणी

(६)
गर्जियो
मेघ झम्झम
बर्सियो

(७)
चाँदनी
ओर्लेर खेल्ने
आँगनी

(८)
औँसीमा
अँधेरी लुक्छिन्
कौसीमा

(९)
तालीको
उत्सव प्रात:
लालीको

(१०)
स्वर्णिम
ज्योतिको झर्ना
पूर्णिमा

(११)
आँखामा
शीतका दाना
पाखामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *