आत्मज्ञान
हरि पराजुली – दमक, झापा
घाम झुल्कन्छ
घाम अस्ताउँछ
समय क्रमिक निरन्तर चलिरहन्छ
गते, बार र महिनाहरू
घाम संगै मर्छन्
पूनः बौरन्छन दिनहरु
त्यस्तै हुन् उज्याला
रातहरु त्यस्तै हुन् अँध्यारा ।
जीवन चक्र चलिरहन्छ
एक्काइसौ सताब्दिका
कुरुक्षेत्रहरु नियाल्दै रगतहरुसंग
खेल्दै गोला र बारुदहरुमा
पडकँदै असंख्य महाभारतहरु
वर्तमानमा हार्दै – जित्दै
भोलि, पर्शी, गर्दै दिन- बारहरु
चपाएर निल्दै ओकल्दै महीनाहरू
पर्खिरहन्छन् प्रिये बर्षहरु !
बर्षहरु, महिनौ पुरा गरेर फर्कन्छन्
बिदा हुन्छन ,भौतारिन्छन
नयाँ यूगको खोजीमा
जागरण बोकेर ,सत्य बोकेर, ज्ञान बोकेर अनि
शान्ति बोकेर समग्रमा
अनाहक निस्तेज आकाश हेरेर
पर्खदैनन् समयहरु पर्खदैनन् यूगहरु !
यूग परिवर्तन संगै मानवताको
परिचय बोकेर सुसुप्त आत्मा जागृतगर्दै
अनन्त जीवनलाई आफ्नो हृदयमा जान्दै
अनि त्यसै संग एकाकार हुँदै हरयूगमा
जन्मन्छन् महापुरुषहरु यूग परिवर्तन को निम्ति ।।
एक हुल मानवहरु, एक हुल ज्ञानी सन्तहरु
दौडन्छन् \ छरिन्छन् आत्मज्ञानको पोको बोकेर
संसारभरि दुर्भावनाहरु माथि सत्भावनको ध्वजारोहण गर्दै
बढिरहेछन् कष्टदायक बन्धनहरुबाट
कल्याणकारी मुक्तिको सुखद यात्रा आरम्भ गर्न
सचेत गराउदैछन् मानवहरु !
सुसुप्त आत्माहरु ! अतीत घुम्लुंग ओडेर
बसेको इतिहाशमा भेटिन्छ,
हर यूगका यूग पुरुषहरु जो आत्मज्ञानका चक्र घुमाइरहेका
त्रेता युगमा- राम, द्वापर यूगमा- कृष्ण
प्रतेक यूगमा महापुरुषहरु अवतरित हुनुपर्छ ।
त्यो यूगको आवश्यकता हो यूगको
माग हो खोजौ यूग पुरुषहरु ।। ए मानवहरु !
उठ- जाग.. समय गतिवान छ, समय बितिरहेछ,
समय संगै तिमी बितिरहेछौ-
चिन समयलाई मानव हुनुको सार्थकतालाई
जो सत्य छ त्यहि सत्यलाई चिन ।
ढुंगाका मुर्तिहरु होइन, तिमी भित्रको स्फुर्ति जान ।
सुसुप्त आत्मालाई जागृत गर, आत्मा नै इश्वर हो
हर प्राणीको पूजा गर, हर मानवमा भाइचारा गर,
तिमीलाई चलाएको स्वास्लाई जान ।
स्वास नै जीवन हो, तिमीमा भएको प्रकाशलाई जान,
प्रकाशनै भबिष्य हो । अनि जान समग्रमा अनमोल आत्मज्ञान !!