आमा र तस्वीरहरु

कवि
कवि

प्रकाश धमाला
एडिलेड, अस्ट्रेलिया

पहिले पहिले मेरी आमा

थाल भरि ममताका राता अक्षता

आस्थाका फूलपाती

निश्छलताका अम्खोरा बोकेर

मन्दिर धाउनु हुन्थ्यो

हरेक बिहानी शिला पुज्नु हुन्थ्यो

सायद आमालाई ढुङ्गा भगवान भनी सारै विश्वास थियो

 

देखि रहन्थें पूजा कोठाको दाँयापट्टि

एक निर्जीव तस्वीर

एक अपुरो तस्वीर

एक अपूर्ण तस्वीर

आमा उही तस्वीर छुनुहुन्थ्यो

भन्नु हुन्थ्योनानी मन्दिरमा बाबाको दीर्घायुको कामना गरिरा’छु

तिम्रो प्रगतिको कामना गरिरा’छु

वहिनीको सफलताको कामना गरिरा’छु

फेरी छुनु हुन्थ्यो तस्वीर भन्नुहुन्थ्यो

‘हामी सबैको कामना यिनले पुरा गर्छन्

सायद आमा महाराजालाई बिष्णुको अवतार मान्नुहुन्थ्यो

 

पोर सालको आगलागीमा घर जलो

लुगाफाटा जले

बाख्रापाठा जले

भगवान कृष्ण, भगवान राम, लक्ष्मी, सीता

सरस्वती माताको तस्वीर पनि जले

यति मात्र होइन मेरी आमाको सौभाग्य पनि जलेछ

तर आमाले जतन गरी राखेको उही तस्वीर

जल्न बाट बचेछ

आमासंग अहिले उही तस्वीर

अलि फाटे जस्तो

अलि दोब्रे जस्तो

अलि पुरानो जस्तो

तर चिनिने जस्तो

 

मेरी आमा तस्वीर हेर्दै अतीत सम्झेँ भन्नुहुन्छ

मेरो पुरानो घाउ सम्झेँ भन्नुहुन्छ

साँची एउटा कहाली लाग्दो इतिहास सम्झेँ भन्नुहुन्छ

मेरी आमा यो समय तस्वीर सार्वजनिक गर्ने पक्ष लाग्नु भा’छ

फोटोकापी गरी

बाटाबाटामा तस्वीर छर्नु भा’छ

रुखरुखमा तस्वीर झुण्ड्याउनु भा’छ

खोलानालामा बगाउन व्यस्त हुनुहुन्छ

अनि बर्बराउनु हुन्छ कि

‘म तस्वीरको सामूहिक हत्या मा छु ।’

 

तर तस्वीर रुखरुखबाट हराउँदै छन्

खोलानालाबाट बटुलिँदैछन्

बाटाबाटामा समालिँदैछ्न्

छिमेकी दाइको तस्वीर खोजीमा व्यस्त छन्

ओरिजिनल कापीको बार्गेनिङ गरिरा’छ

मिउजियम मा राख्नु पर्छ भनि रा’छ

डेमोग्¥याफ् इम्बेलेन्स्को प्रसङ्ग उठाइ रा’छ

आमा मौन हुनुहुन्छ

निःशब्द हुनुहुन्छ

आमा ऐतिहासिक स्तम्भझैँ एकोहोरो हुनुहुन्छ

सायद आमा स्तम्भ नै हुनुपर्छ

इतिहासको

अतीतको

पीढाको

अनि वीराङ्गनाको

 

पहिले पहिले जस्तो देखि रा’छु सबैसबै

तर आमामा किन किन सधैँ सधैँ

तस्वीरको जस्तो सालिनता पाउँदिन

आमा तस्वीर किन हो किन

सत्प्रतिशत् फरक पाउँदैछु

बस् !

4 Replies to “आमा र तस्वीरहरु”

  1. Jalan Bhandari

    Bhai Prakash, Ama ama nai hun. Amalai nota kinna painchha nota khojera painchha. tyesaile bhaninchha: Education starts from the womb of mother.

  2. thugten

    Prakash ji, ho tyahi tasbir ta baki6 ni, aru ke nai baki rayo ra hamro. kabita dherai mitho ra artha purna lagyo. aagami dinuharuma ajhai mitho mitho kabita, gazalharu padne mauka pau, mero subhakamana…

Leave a Reply

Your email address will not be published. Required fields are marked *