आवाज

कवि
कवि

राज बराल
ओहायो, अमेरिका

 

आवाज सुसुप्त मेरो,
 दबाउने
ऊसंग मुङ्ग्राको सुत्र थियो।
खै
किन सकेन निस्कन
नयाँ सुत्र पैल्याउदै,
सक्दै छुईन बुझ्न,
यहाँ
न वादल हट्छ न वर्षा हुन्छ
अँध्यारो दिन
जुनकिरीको प्रश्नै भएन
यो दिन हो
बत्तिमा कसको ध्यान
जब
यो रात होइन
पट्यार लाग्दो सुनसान
यस्तो लाग्छ
यहाँ
जुन-घाम ताराहरुसंगै
अपहरित छन्…….
दौडधुपमा कमिलाहरु अविछिन्न
पङ्क्तिवद्ध निसस्त्र
निरन्तर बेग्गीदैछन्
थाहा छैन गन्तब्य तिनको
न विकास हो
न विनाश हो
मैले सोध्ने हिम्मत राखिन
स्वोर काँप्दै थियो
जब,
प्रत्येक हातहरुमा
भाला र मुङ्ग्रा
देख्दै थिए
भावविव्हल क्षण ……..
अनि, यस्तो लग्यो
आवाज त मेरो
सायद अझै एक्लो हुन्छ ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *