आव्हान
परिवर्तनको ब्रह्ममुहुर्तमा;
झोक्राएको मानवताको जीउँदो पुञ्ज;
जुरुक्क उठेर सद्भावनाको अर्घ चढाउन
छातीभरी चौतारीको चप्ल्याँटी ढुंगो जस्तो,
अटल विश्वासको पशुपति अगाडि…
पश्चिमा शहरमाझ पूर्वको पैँचो सासले
भौंतारिएको ब्यस्त शहरमा
भौगोलिक रेखाले टाढा सोच्नेहरुसँग
स्वार्थको यो जाल-झेल तोडेर
स्वच्छ साइनोको बन्धनमा
बाँधिन आव्हान छ ।
01-07-2010
Chicago IL
वास्तवमा तपाईंले कबीतामा यथार्थ कुरा लेख्नु भयो गोबिन्द जि। धनीलाई धनी बनाउने हामी हौ। यो पश्चिमी देशहरु द्वरा शोषित सम्पती शायद हाम्रो रगत पसिनाको आम्स मात्रै हो। कबीता निकै राम्रो लगो। निरन्तर्ताको कामाना गर्द छु।
I heard a word frequently in our Bhutanese Literature histry that some of our friends uses “Bhupali Sahitya”. I want to become clear about this. Can this Exucative body can help me please?