ईश्वरलाई मृत्यु दण्ड

रमेश सायन

कवि

तिमी आफ्नो नाममा बलि चडाउन लाउँछौ,
गुटगुट बनाएर मान्छे लडाउन लाउँछौ,
कहिले मस्जिदमा छु भन्छौ,
कहिले मन्दिरमा छु भन्छौ,
कहिले गुम्बामा छु भन्छौ
कहिले चर्चमा छु भन्छौ
आफनै ठेगान नभएको ए सन्काहा ईश्वर तिमी कहाँ छौ ?
तिमीले सुन्नि र सिया बनाएर मान्छे मा¥यौ
तिमीले मुस्लिम र हिन्दु बनाएर मान्छे मा¥यौ,
एउटे मान्छे तर फरक रगंबनाएर मान्छे मा¥यौ
एउटै घरमा दुईटा पर्खाल लगाएर घाम छेक्यौ,
घरको संघारको खुशी खोसेर लग्यौ,
ए तानाशाह ईश्वार
मान्छेलाई पापधर्म सिकाउँछौ तर तिमी आफै पापी हौ ।
हरेक कालीको मन्दिरमा रगतले नुहाउँछौ र शान्तिको कुरा गर्छाै
तिमीलाई यो मान्छेको अदालतले
महाअपराधीको अवियोगमा मृत्यु दण्डको फैसला सुनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *