उनको स्मृतिमा-म पात्र

तिलारुपा आचार्य / ओहायो, अमेरिका

शून्यातामा हराएको

अनौठो पात्र

तिम्रा सम्झना सम्झनाहरु माझ

मेरा अनेकौँ खुशी

आँखाभरी अतीत

याद अविरल कल्पनाहरु

मेरो मनले खिचेको तिम्रो चित्र

जिवित अनि अमर !

अनिश्चित भविष्य,

मिठो सपना परिवर्तित

संसारको रङ्गिन यात्रामा

कौतूहल, उमङ्ग उत्साहा

बीच बीचमा निराशाका रेसाहरु

थोरै खुशी,

दु:खका पहाडहरु

संघर्षको झोली बोकेर

भौतारिँदो यो पात्र !

बाध्यताहरु बीच

आफूआफूमा अलगिनुको

छुट्टै वास्तविकता

थोरै खुशीमा पनि तिम्रै सम्झना

मन मस्तिकमा पुरानै स्मृति

सदा गौरव तिम्रै!

संसारका हरेक कुनामा

अपरिचित वातावरणका

कठीन परिस्थितिहरु बीच

रुमलिदै छु पात्र

सबैतिर बेगिएका यी पाइलाहरु,

एसिया, अमेरिका,अष्ट्रेलिया

अनि यूरोपका प्रत्येक कुना कुनामा

तिम्रै गौरव बाँचिरहेछ !

पृथ्वीको आफ्नै रफ्तार

निरन्तर चलिरहन्छ

सिसा नचर्किदो कहाँ हो र?

भविष्य नचर्किएको कहाँ र?

जिन्दगी आरोह अवरोहबीच

आँफैमा परिचालित

तिता मिठा भोगाइहरु बीच

अपरिचित परिस्थिति अनि

कठिनाइहरु बीच

आँफैमा प्रश्न चिन्ह

पात्र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *