कथाकार
कथाकार

जे एन दाहाल
मासाचुसेट्स, अमेरिका

सुनसान औंसीको रात, जनिकै फूलबारी त्यहाँ एउटा सानो कोपिला अध्यारोमा उदेश्यलाई चुम्ने महान् विचारले जन्मँदै शरणार्थी बन्यो। छाप्राभरि नाल काडिएका अरू बच्चाभन्दा पृथक् समाजको यस पात्रलाई म ऊ भन्न रुचाउछु। ऊ मुस्कुराउँछ, लाग्छ मुस्कुराहटबाट मलाई समर्थन दिँदैछ।

शिशिर, ग्रीष्म, शरद र वसन्तले हुर्काइदिन्छ। अनि तरुण आवस्थाले घेर्दै लान्छ। कसैलाई प्रेम गर्छ अनि भन्न खोज्छ तर सक्दैन। आशावादी सपना देख्छ , रम्न चाहन्छ। मुहारभरि उही आकृति अनि प्रेमले घेरेको छ। भोक, प्यास, निद्रा लाग्दैन। प्रतेक दिन प्रस्ताव राख्न खोज्छ तर सक्दैन। त्यसै ओइलाएर झर्छन् उसका प्रस्तावहरु।

अहिले ऊ सकुन्तला पल्टाउँछ र देवकोटालाई सम्मान गर्छ । अक्षरलाई पाठ गरी शब्दसँग खेल्छ र रमाउँछ। सर्टको गोजीबाट एउटा कलम निकाल्छ, लेख्छ यो विश्व साहित्य हो, शरणार्थी साहित्य होइन। अपमान गर्छ जगतले साहित्यलाई स्थितिगत रूपले विभाजन गर्ने मानवहरुलाई। ऊ टेबुल छेउको अर्को पुस्तक तान्छ र पढ्छ शिरीषको फूल अनि सम्झन्छ वर्तमान समालोचकहरूको कुरा अनि थुक्छ आँखा भएका ती दृष्टिविहीनहरुलाई।

लेखन तत्वको आधारमा, शरणार्थी लेखन भन्ने मानसिक अपाङ्ग हुन्। भाषा, साहित्य र कलाको संरक्षण गर्ने महान विचारकले कहिले पनि दोषी चस्माले हेर्दैन। ऊ त्यही पात्र हो, जो हिजो यही विषयमा कलम उठाउँदै थियो आज पनि उठाउँदै छ र उठाइरहनेछ युग-युगसम्म। देश,घर-परिवारदेखि टाढा भएर लेखिएको साहित्यलाई, शरणार्थी साहित्य भनेर चिनाउन खोज्ने हलुवा तर्कले रोक्ने छैन, छेक्ने छैन। ऊ पात्र दिनभरि बर्बराइरह्यो।

यही जमिनमा पैताला राखेर अरूको लेख्न क्रमलाई टुक्र्याउनु बेकार छ। चाहे भूगोल कम्पन होस् या वायु रोकियोस्। ऊ मेरो विशेष पात्र हो जो मृत्युसंग लड्न आफ्नो आयुदेखि डराउँदैन। दुखाइ,रुवाइको या हँसाईको आधारमा लेखाइलाई समालोचना गर्नेहरुको खेतीमाथि एक दिन असिना बर्सिने छ अनि फेरि उन्नति कहिले हुने छैन। यतिका कुरा सुनिसकेर उसले मतिर फर्की टाउको हल्लाउँछ लाग्छ उसको इसाराले मलाई समर्थन दिँदैछ।

One Reply to “ऊ”

  1. Pingback: ऊ | hidensecret

Leave a Reply

Your email address will not be published. Required fields are marked *