एउटा जून ओर्लंदै छ

(गीत)   

सुविसुधा आचार्य; मेरिल्याण्ड-अमेरिका

कथाकार
गीतकार

 

एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा ।

सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।।

 

बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो ।

मुस्कुराउँछ उसलाई देख्दा, धर्तीको सुन्दर माटो ।।

 

फूल गाउँछ सूर तालमा, नाच्छन् आकाशका तारा ।

आँखै नझिम्काइ हेर्‍या, हेर्‍यै हुन्छ दुनियाँ सारा ।।

 

इन्द्रेणीको पगरी त्यो, सजाएर आफ्नो माथमा  ।

एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा ।।

 

बेचैन भाछु प्रतिक्षामा, कुर्दै उसको आगमनलाई ।

थामी रै’छु जसोतसो, बढ्न खोज्ने धड्कनलाई ।।

 

छुन्छ होला दिलमै मेरो, शितल उसको चमकले ।

भिज्छु होला निथाचुर्न, ममताको महकले  ।।

 

झलमल हुन्छ पक्कै, औंसीको कालो रातमा ।

एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *