एउटा सपना
कुवेर कुईकेल ‘भुवानेटारे’
अमेरिका
मेरो एउटा सपना छ,
आमाको आँखा ओभाउने ,
आफ्नो प्राणको दाहु लगाई,
सन्तानको अधिकर जोगाउने ।
मेरो एउटा सपना छ,
जन्मभूमि बँचाउने ,
तानाशाह हटाएर,
जनताको शासन बसाउने ।
मेरो एउटा सपना छ,
देशको नाका जोगाएर,
स्वदेशमा संमृद्धिको ,
यात्रा सुरु गराउने ।
मेरो एउटा सपना छ,
देशवासीहरूको आवाज उठाउने,
निरङ्कुशता विरूद्ध,
राष्ट्रिय एकता जुटाउने ।
मेरो एउटा सपना छ,
शहीदहरूको सपना पुरा गराउने ,
नौलो बिहानी देखाएर,
मात्री मूमि हँसाउने ।
मेरो एउटा सपना छ,
लखेटिएकालाई फर्काउने,
प्रजाको हक दिलाएर,
देशलाई; नयाँ सूर्य देखाउने ।
मेरो उउटा सपना छ,
जन्मभूमिको काखमा
चिर निन्द्रा निदाउने,
म चिर निन्द्रा निदाउने ।