परिषदद्वारा ६ वटा कृतिहरूको लोकार्पण गरिँदै

साहित्य परिषद्,भूटानको २८ औँ स्थापना दिवसका अवसरमा अमेरिकामा पुनार्वासित भूटानी लेखक नैनसिंग सारू मगरद्वारा लिखित छ वटा कृतिको एकैसाथ लोकार्पण हुने कुरो साहित्य परिषद् भूटानले जनाएको छ I

परिषद्ले उक्त कार्यक्रम भर्चुअल जूममा  हुने बताउँदै आगामी २७ मार्च आइतबारका दिन अमेरिकाको पूर्वीय समय अनुसार बिहानको आठ बजेबाट आरम्भ हुने जानकारी गराएको छ I एकै लेखकका विभिन्न विधामा लिखित छ वटा कृतिहरूको एकैसाथ विमोचन हुने यस ऐतिहासिक कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरिएको छ !

सन् १९९३ मा शरणार्थी शिविरमा स्थापना भई अनेक ऐतिहासिक कार्य सम्पन्न गरिसकेको साहित्य परिषद् भूटानले यसपालि २८ औँ स्थापना दिवस मनाउन लागेको हो I

Leave a Reply

Your email address will not be published. Required fields are marked *