एक फाँक खैनी

Amir Sundas
कवि

अमिर सुन्दास
पश्चिम बाङ्ग्गाल, भारत

 

खै!
एक फाँक खैनी देउत
भाउजु ,
कर्याम-कर्याम चबाएर
घुटुक्क निलिदिऊँ।
रिसले थाम्नै नसकिने भईयो हौ
एक टक गिद्दे हेराई
यो म्यानेजरको मेरो छातीमा ।

‘भोलिदेखि कोठिमा
काम गरनु आउनु’ अरे
‘कोठिमा एसी छ घामले डढ्दैन’
कामदारीलाई खबर पठाएछ।

“त्यो एसी चै मेलामै पठाइदिनु
यहाँ अरु पनि छन छातीमा
घामले डामेर ज्वालामुखी
भएकाहरु भनिदिएँ ”
“तिम्रै बुढीलाई पठाउन
साहेबको स्याहारसुसार गर्न ”
जम्माएर प्याच्चै भनिदिएँ
यै खैनी चियाबुट्टामा
प्याच्च: थुके जसतो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *