‘कंगारूको देशबाट’को बिमोचन सम्पन्न

क्रिएटिभ सर्कल, अष्ट्र्ेलियाले प्रकाशन गरेको नेपाली भाषी २५ गजलकारहरूको संयुक्त गजल कृति ‘कंगारूको देशबाट’ को बिमोचन यही १५ अक्टुबर २०१६, शनिवारका दिन सफलतापूर्वक अष्ट्रेलियाको मेलवर्न सहरमा एक भव्य सांस्कृतिक कार्यक्रमबिच सम्पन्न भएको छ । नेपालबाट आएका साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बे लगायत अन्य अतिथिहरूको हातबाट कृतिको लोकार्पण गरिएको थियो ।

उक्त कृतिका बारेमा चर्चा गर्दै साहित्यकर प्रकाश आङ्देम्बेले भने-“वास्तविक नेपाली हुन के चाहिन्छ ? नेपाली जातिप्रति, संस्कृतिप्रति, भाषाप्रति, साहित्यप्रतिको योगदान या नागरिक हुँ भन्ने फगत भ्रम दिने नागरिकता नाम को कागजको खोस्टो ? यो कुरालाई समयले एक दिन उत्तर दिनेछ ।”

क्रिएटिभ सर्कल अष्ट्रेलियाका संयोजक तथा यस कृतिका सम्पादक दुर्गा रिमालले क्रिएटिभ सर्कलको यात्रा, ‘साझा आवाज’को सुरुवात साथै ‘कंगारूको देशबाट’ को प्रकाशनको यात्राबारे जानकारी, यस कृतिलाई याहाँसम्म ल्याउँन प्रत्यक्ष-अप्रतक्षरूपमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै बिमोचन कार्यक्रम आयोजना गर्ने भूट्निज कम्यूनिटी इन अष्ट्रेलियालाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको अवसर पारेर सम्पूर्ण उपस्थित गजलकारहरूका साथै भूट्निज कम्यूनिटी इन अष्ट्रेलियाले नेपाली भाषा-साहित्यमा गरेको योग्दानको कदर गर्दै क्रिएटिभ सर्कल, अष्ट्रेलियाको तर्फबाट कृतज्ञता-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित गजलकारहरूले आफ्ना गजलहरू प्रस्तुत गरेका थिए भने अष्ट्रेलियाको विभिन्न प्रान्तबाट आएका नेपाली भाषी भूटानी गायकहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको सन्चालन रेडियोकर्मी तथा साहित्यकार ‘क्षितिजको मित्र’प्रकाश धमलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *