कथा लेख्दै मेटाउँदै

सञ्चमान खालिङ/ पीए, अमेरिका

पाइलाहरु
आफ्नै रफ्तारमा हिँडिरहन्छन्
विरानो-विरानो गोरेटो भएर
कथा सुनाएँ एम्बुसको
कथा सुनाएँ समुद्री डाकाको
तर
उनीहरु मलाई सुन्दैनन्
म चुपचाप हेरिरहन्छु
पाइलाहरुको यात्रा – एक अन्त्यहीन यात्रा
झुल्कनुदेखि अस्ताउनुसम्मको

जुनकिरीको सहारामा
बल्ल-बल्ल बटुलेका
थोपा थोपा खुसीहरू
फेरि पोखिन्छन्
जब ठेस लाग्छ ती पाइलाहरुलाई
यस्तै कुन्नि के के माझ
फेरि पनि सुरु हुन्छ यात्रा
सुरु गर्नै पर्छ
कथा लेख्दै मेटाउँदै
पैतालाका डोबहरुमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *