गजल – ४०३
डम्मर शमदर्शी काफ्ले
जर्जिया, अमेरिका
कर्कलाको पानी जस्तो तप्की झर्नु हुन्न,
आफ्नो सोचाई भताभुङ्ग छर्नु हुन्न ।
आजै लिए हुन्छ साथी काम गर्ने लक्ष्य,
भिरको चिण्डो जस्तो दोधार पर्नु हुन्न ।
जीवन छँदै केही गरौँ त्यसै मर्नु भन्दा,
हामी मान्छे पशु जस्तो जङ्गल चर्नु हुन्न ।
जहाँ गए आफ्नो दु:ख आफैसँग हुन्छ,
गाउँ छाडी सुख खोज्दै बसाई सर्नु हुन्न ।
हिजो आज भोलि सम्म पछि पर्नलाई,
बुझ्नु पर्छ विरोध मात्रै सधैँ गर्नु हुन्न ।