ती शहीदहरुलाई के खबर सुनाइदिनु
देबी सुवेदी-पेन्सिलभेनिया-अमेरिका
नेताभन्दा पार्टी धेरको इतिहास दोहोरिने खबर सुनाइदिनु
सेवकभन्दा संस्था धेरको ताजा खबर पुऱ्याइदिनु ।
जनताभन्दा पार्टी ममताको इतिहास दोहोरिने खबर सुनाइदिनु
समाजभन्दा संस्था ममताको ताजा खबर पुऱ्याइदिनु ।
पार्टीभन्दा कुर्शी रसको इतिहास दोहोरिने खबर सुनाइदिनु
संस्थाभन्दा ओहोदा रसको ताजा खबर पुऱ्याइदिनु ।
नेतृत्वभन्दा विज्ञप्तिको इतिहास दोहोरिने खबर सुनाइदिनु
कार्यक्रमभन्दा सभा-महासभाको ताजा खबर पुऱ्याइदिनु ।
देशभन्दा विदेश प्रेमको इतिहास दोहोरिने खबर सुनाइदिनु
संस्कृतिभन्दा विकृत प्रेमको ताजा खबर पुऱ्याइदिनु ।
एकताभन्दा अनेकताको इतिहास दोहोरिने खबर सुनाइदिनु
समानता-समताभन्दा आाफन्तावादको ताजा खबर पुऱ्याइदिनु ।
विवेक भन्दा जबर्जस्ती इतिहास दोहोरिने खबर सुनाइदिनु
भलाद्मी भन्दा ठगीको ताजा खबर पुऱ्याइदिनु ।
दयित्वभन्दा अवसरको इतिहास दोहोरिने खबर सुनाइदिनु
कर्तव्यभन्दा अधिकारको ताजा खबर पुऱ्याइदिनु ।
सेवाभन्दा ज्यादा मेवा कमाएको ताजा खबर पुऱ्याइदिनु ।
तेरोभन्दा मेरो को इतिहास दोहोरिने खबर सुनाइदिनु
हामीभन्दा म र मपाँईत्वको ताजा खबर पुऱ्याइदिनु ।।