कहिले आउछौ सृजना तिमी मेरो घरमा ?

पूर्ण गिरी
मेचीगन यूएस ए

स्थायी: कहिले आउछौ सृजना तिमी मेरो घरमा ?
मेरो घरको कुना कुना सृजनाले सजाउन

अन्तरा: अन्धकार छ तिमी बिना मलाई यो शहरमा
तिमी बिना पहिचान छैन यो सुन्दर शहरमा
कहिले आउछ्यौं सृजना तिमी मेरो घरमा ?
मेरो शहरको टोलटोलमा सृजना सजाउन !

सबै चीज उपलब्ध छ मेरो सुन्दर शहरमा
सबै थोकको सुबिधा छ मेरो पनि घरमा
के सुबिधाले सक्छ मेरो पहिचान बचाउन ?
बिन्ति आउन सृजना सृष्टि लिई सजाउन !

स्रोत साधन सबै छन् छैन तिम्रो आगमन
तिम्रो एउटै अभावमा जलेको छ मेरो मन
कहिले आउछौ सृजना तिमी मेरो घरमा ?
मेरो घरको कुना कुना सृजना सजाउन !

बरू केही खुशी थिएँ त्यो चित्राको घरमा
आज म खुशी छैन यो सुबिधाको शहरमा
कहिले आउछौ सृजना मेरो खुशी ल्याउन ?
चाँडै आउन सृजना सपना साकार बनाउन !

आज मेरो भाषा लिपी मासिन्दै छ घरमा
भोली मेरो नामोनिशान मेटिंदै छ संसारमा
कहिले आउछौ सृजना मेरो नाम बचाउन ?
मेरो आफ्नै सृजना आफ्नै सृष्टि बजाउन !

लाखे भन्दै बस्यौं भने ढिलो हुन्छ जोगाउन
अनि उपचार गरे पनि सम्भव हुन्न बचाउन
कहिले आउँछौ सृजना मेरो प्राण बचाउन ?
मेरो पहिचान सभ्यता मेरो सृष्टि बचाउन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *