कामना

जय हुमागाईँ
क्यानाडा

लाग्दछ मलाई रमाइलो
सुन्दर विशाल धर्ती यो
डाँडा पाखा फाँटमा
प्रकृति सधैँ झुलेको।

नदी तलाउ किनारमा
स्वाच्छ हावा बहेको
हाँसको जोडा रमाउँदै
प्रकृति सँगै चलेको।

हर्षले जीवन सजाउँदै
तृष्णा मनमा भरेको
बेली चम्पा चमेली
बास्ना छर्दै फुलेको।

चल्दछ लहर रहरको
इच्छा अनि चाहानाको
कल्पना भित्र आनन्द
सलबलाउँदै उदाएको।

सानु मनको मन्दिरमा
आस्थाको दियो बलेको
इच्छा आकाङ्क्षा आसालाई
मान मर्यादाले छेकेको

संसार एउटा ठुलो घर
हामी जाबो पाहुना हो
संरक्षण गर्नु धर्तीको
हाम्रो परम धर्म हो।

सन्तुष्ट राखौँ आत्मालाई
प्रेमले जितौँ सबलाई
अर्काको धन दौलत
नगरौँ मन हर्नलाई।

चन्द्र सूर्य आकाशमा
झ ल ल तारा चम्किला
छ अन्धकार जीवन यो
नबाले दिया उज्याला।

देउता पुज्ने मन्दिरमा
नछाहोस कहिले अँध्यारो
धर्ती सागर आकाशमा
चम्कियोस् सधैँ उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *