कालो कोट

ईन्द्रप्रकाश भुजेल
नर्थ क्यारोलाईना, अमेरिका

घण्टी भित्र झुन्ड्याउने
सानो काँठको रालो भयो,
कालो कोट लगाँऊने
अदालतको सालो भयो ।

दोषीलाई निर्दोष पारी
निर्दोषीलाई दोषी,
कालो कोटले न्याय दिने
माकुराको जालो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *