किन डराउने?

कवि

अर्जुन प्रधान
मिनिसोट अमेरिका

दु:खका दिन आइपर्दा
आफ्ना–आफ्न्तहरुले खेदो खन्दा
दुष्टहरुको कुसंस्कारमा हराउदा
म आफैंलाई खोजी बाटो बनाउने मान्छे
समस्याहरुबाट म किन डराउने ?

गरीब हुनु ?
असमानताको जालोमा रुमालिनु ?
छिछि र  दुरदुर हुन समाजमा
सबै अन्धकार वातवरणको
परिकल्पना गर्ने ती शाषकको नियम हो ।

अब आवाज दबाई राख्नेहरुको
हरेक रेखाको सामिप्यबाट
समाज, राष्ट्र र देशका सिमानाको
रक्षामा सबले एक स्वारमा बुलन्द
बुलन्द आवाजबाट सृजनात्मक संगीत लिई
सडक, सदन हुँदै हरेक प्रजामा शान्तिको
विगुल फुक्ने छ ।
त्यसैले आफ्नो स्वातान्त्रताको
निम्ति किन डराउने ?

के नेपाली,
नेपालीभाषी गोर्खालीहरू
सिमानाको शिकार मात्र हुन ?
किन बर्मा, भूटान, सिक्किम, नेपाल
विश्वमा आवाजविहिन छन् ।
कोही शरणार्थी, कोही देशको भण्डार रित्यार
शुकुमबासी, कोही चाहिँ पहिचानको मागबाट विलय ।

इतिहास, हाम्रो इतिहास
तिमीहरुले बेचिदियौ
जसले देशमा नायक बन्न खोज्यो
तिमीहरु साजो नायक हो भनी
विश्व इतिहासबाट र्गोखालीको नाम छिपेको छ
देशबाट गौतम बुद्ध बेचिएका छन्
सिमानाबाट लाखौं विस्थापित छन्
हिमाल, पहाड र तराइमा आतङ छ
सब सबको भयमय भएका मनहरु
हक अधिकारबाट बन्चित भएका मानवहरुलाई
एक साथ पुर्नस्थपना गर ।
अनि मात्र स्वातान्त्रताको ज्योति
तिमीहरुको हातमा हुन्छ..नायक

अर्को कुरा…
अन्धकारमा भएका सन्धि सब
खारेज गर ।
मन तन र वचनले देशको कर्म गर ।
छिमेकसंग भएका सिमानका कुरा फिर्ता लेउ
सबको समान अधिकार सुनिश्चित गर
महामानवको बस्ती निमार्ण गर ।
अस्तित्वको विकाशमा हामी छौं
तिमी पनि किन डराउने ?
म पनि किन डराउने
इतिहास नेपाली मनसँग सधैँ नजिक छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *