किन बस्छौ भोकै हामी?

इन्द्र प्रकाश खवास
अमेरिका

किन बस्छौ भोकै हामी
खाने गरौँ केही आहारा ,
एक्लो बनी दौडी रहेछौ
कसले देला हामीलाई सहारा।

एक थुकी सुकी जान्छ
हजार थुकी खोला ,
आउन पनि एकलै आइयो
जानु एकलै होला ।

को पो छ र जन्म घरको
छाड सबै टन्टा ,
गर्न परे सबै आउँछन्
नत्र छाडिदेऊ बेकारको लन्ठा ।

साँढे बनी सिङ जोड्छन्
सबै ठुला बढा ,
वर्षा–ऋतु आउला जब
खुल्ला बन्ध घटा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *