किन बाचा तोडेर आयौ ?
इन्द्र प्रकाश खवास
अमेरिका
तिमी मुसुक्क मुस्कुराएर मन चोर्न आयौ
कुमारी हुँ भन्दै फेरी मुटु फोर्न आयौ ।।
पिरै–पिरले पिसोल्टिएको हृदयलाई तिमीले
जीवन भर साथ दिने माया गाँसेर आयौ ।।
साथ नपाउँदा तिमी एकान्तमा एक्लै
माया दिए तिमीलाई अन्तै माया जोडेर आयौ।।
बिचरा त्यो कुलकुलाउँदो कुमारलाई
कुर्कुच्चाले कुल्चिएर आँसुमा छोडेर आयौ ।।
त्यो देखि तिमी टाढा भए पनि आज
उसको जिन्दगी अन्धकारमा मोडेर आयौ ।।
तिमीले त सम्बन्ध जोड्ने बाचा गरोको थियौ
फेरी किन आज हजारौँ बाचा तोडेर आयौ ।।