कुरा गरौं

इन्द्र प्रकाश खवास

आउ सखी समुद्री छालहरुका कुरा गरौं
वेदनामा तडपिएका पलहरुको कुरा गरौं ।
प्यासले व्याकुल भई कुद्नु भन्दा बरु
नजानेको रातको भन्दा दिनहरुको कुरा गरौं ।
हिजो पनि आज पनि त्यही कारागार होला
लासको सिरानी लगाएको यादहरुको कुरा गरौं ।
घोर यातना खप्नु भन्दा धेरै मर्नु राम्रो होला
पानी पानी भन्दै कराएको यादहरुका कुरा गरौं ।
नजानेको नसोचेको लट्ठी मुङ्गरी कायल भयो
रगतले मुछिएका ती रातहरुको कुरा गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *