कृति परिचय-१: धनेहरु, निरन्तर हिँडिरहे

कृति:           धनेहरु, निरन्तर हिँडिरहे (कविता सङ्ग्रह)
विधा:           कविता
कृतिकार:        सञ्चमान खालिङ
प्रकाशन मिति:   बिक्रम सम्बत – २०६५
मुद्रक:           बुद्ध अफसेट प्रेस, झापा, नेपाल
मूल्य:            नेपाली रुपयाँ १५५ /-

४० वटा कविताहरूको सङ्गालो लिएर सन् २००९ मा आएको कवि सञ्चमान खालिङको कविता सङ्ग्रह ‘धनेहरु, निरन्तर हिँडिरहे !’ भूटानी नेपाली साहित्यले पाएको एउटा उच्चस्तरको साहित्यिक उपहार हो । यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरू जीवनका विविध भोगाइहरूलाई विषयवस्तु बनाएर रचिएता पनि सङ्ग्रहको शीर्ष कविता ‘धनेहरु, निरन्तर हिँडिरहे !’ ले नै सङ्ग्रहको सार बोकेको छ ।

नेपाली जातीको पैतृक थलो नेपाललाई विविध कारणले छोडेर बाहिर विदेशतिर पलायन हुनु र कुनै पनि ठाउँहरूमा स्थायित्व नपाउनु विश्वभरि छरिएर रहेका नेपालीहरूको दीर्घकालीन विडम्बना हो । गरिबीका कारण गाँस, बास र कपासको जोहो गर्न आफ्नो मूल थलो नेपाल छोडेको, लिल बहादुर क्षेत्रीको उपन्यास ‘बसाई’को मूल पात्र धने कतै पनि स्थायित्व नपाएर एउटा राष्ट्रदेखि अर्कोमा भौँतारिरहनु परेको परिवेश भारतमा, बर्मामा र भूटानमा बसोबास गर्दै आएका नेपालीहरूको प्रसङ्गमा निरन्तरता पाइरहेको छ । भूटानको तानाशाही शासकले लादेको एकपक्षीय नीतिले देशबाट बाहिर धकेलिएका सम्पूर्ण ‘धनेहरु’ नेपाल भारत हुँदै विश्वभरि छरिन पुगेका छन् भने अब यहाँबाट कता ? भन्ने सवाल आफै खडा हुन्छ ।

बिम्बको प्रयोग उच्चस्तरीय रहेको छ । कविता सन्दर्भ, शीर्षक छनौट, विषयवस्तुको विविधता र भाषिक सरलताले यस सङ्ग्रहलाई स्वतह कवि खालिङको कवितात्मक साधनाको उत्कृष्ट प्रस्तुति ठहर्याउँदछ । ५१ पृष्ठको यो कृतिको प्रकाशक कुमार गुरुङ, अशोक गुरुङ, बलराम गुरुङ रहेका छन् । सबै तहका पाठकहरूका लागि  यो कृति पठनीय  छ।

यस कृतिमाथि लेखिएका थप सामग्रीहरू यहाँ पढ्न सकिनेछ ।

१) दाहाल, शिवलाल; अप्रिल २, २०१३ धनेहरु, निरन्तर हिँडिरहे ! कविता सङ्ग्रहः एक विम्बपरक विश्लेषण, www.bhutaneseliterature.com
२) गौतम, रमेश; जनवारी ७, २०१८;   समयको गतिशीलता, विभाजित अस्तित्व र खालिङका कविताहरुwww.bhutaneseliterature.com.
३) दाहाल, शिवलाल; मङ्सिर २०७०;  अलबिदा बेलडाँगी, धनेहरु निरन्तर हिँडिरहे! हिँडिरहनेछन् !, पृष्ठ न० १०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *