केही हाइकुहरू
चरन बजगाई
भर्जिनिया, अमेरिका
नाङ्गो शरीरमा
खोपेको नक्सा तिम्रो!
चकित मन मेरो
ओगट्ने कुर्सी
बिरुवा साहित्यका
कवि हस्रक्क
नबुझ्दैमा भिड
बाज्दैछ रित्तो गाग्रोमा
प्यास अर्कै मेट्छ
हेर्दै चेलीलाई
जिस्क्याउछ लोखर्के
रौ छ रे उसको
धनी मुलुकमा
गरिब घरका मूसा
बारैमास माते
इज्जत हारालाई
इज्जत दियो कसैले
ऊ जस्तै पार्यो