के ग-यो ?

कमल दाहाल / अमेरिका

अब त आउँछ भन्दा भन्दै, टिमाई छोडीहालेछ
अब त सक्छ भन्दा भन्दै, नेपालीमा अंग्रेजी मिसाईहालेछ
अब त किन्छ भन्दा भन्दै, लगेर ठोकिहालेछ
अब त भन्छ भन्दा भन्दै, बिहे गरिहालेछ ।

विचरा ! अब त सुत्न नपाई उठ्नु परिहाल्यो,
ढलाइमा जसरी, टिफिनमा खाजा बोक्नु परिहाल्यो
घडीको काँटासँगै, कुद्नु परिहाल्यो
छिटो छिटो कुलेलाम ठोक्नु परिहाल्यो ।

हे प्रभु ! हतारको सुरमा होश गुमाईहालेछ
रातो र हरियो छुट्याउन छाडी हालेछ
अब त खै मामा पनि पछि लाईहालेछ
खुत्रुक्क सवा सयको चेक पनि पाईहालेछ ।

आज राति चाहिं उसले रमाइलो गरेछ
साथीभाइसँग बसेर एक दुई बोतल भ्याएछ
त्यसैले होला, बिहान उठ्न भुसुक्क बिर्सेछ
बिहान काममा ढिला भयो, पर्सिदेखि छुट्टी पाएछ ।

त्यसैले होला, ऊ त अहिले परिवर्तन भइसक्यो,
बुढीलाई काममा पठाएर स्कुल पढ्न थालिसक्यो,
राम्रै काम गर्ने आँट गरिसक्यो
अमेरिकाको उसको जीवनकथा पनि लेखिसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *