कोरोना भाइरस
नील अधिकारी
ओहायो, अमेरिका
सुन्छु अनेक थरिका अफवाह हल्ला
बन्दै भएर सब स्कुल मठ गल्ला।
खोइ के भयो र भवमा भयो हाहाकार
अतालियो जगत यो भई बेसहारा।
फैलेछ यो सहरमा अनि देशदेशमा
हावा सँगै उडी गयो अति सूक्ष्म भेषमा।
न छ शरीर यसको भई नीरकार।
अतालियो जगत यो भई बेसहारा।
देखियो पहिले चीनमा पछि कोरियामा
जापान हुँदै पुगी गएछ साउदी अरेबिया
इरानमा पसी ठुलो गरी हाहाकार
अतालियो जगत यो भई बेसहारा।
डेनमार्क इटाली र बेलायत नर्वे गर्दै
भेटे जति सकल मानिस भित्र सर्दै।
आई पुगेछ कटी सात समुद्र पार
अतालियो जगत यो भई बेसहारा
भेटघाट पनि टुटी गयो घर भित्र बस्दै
मुखमा लगाई महला पशु प्राणी जस्तै।
भिडभाड त्यो सहरको अब शून्य भैगो
बाँचेर हिडने विसवास अनि धैर्य गैगो।
रोकथाम त्यो जति गर्यो उति बढ्छ भन्छन्
दोहोर्याई सङ्ख्या दिनहुँ आज यति भन्छन्।
बाँच्नै कठिन हुन गयो दिन दिन बढेर
जान्छ कि सभ्यता सबै भवमा सडेर।
बाँचौँ बचाँउ अब बालक वृद्धलाई
सेवा गरौँ अनि गरौँ घरको सफाइ।
छाडेर खाना घरको परको नखाऊँ
वेशमय त्यागी अब मानवता जगाऊँ।