कोरोना, म र सरकार
गङ्गा लामिटारे
अमेरिका
संसारमा दुईवटा कुरा सत्य छन्,जन्म र मृत्यु । र पनि मानिस मृत्युदेखि जहिले त्रसित छ । मर्नु नपरोस् र सधैँ बाँचिरहौँ भन्ने मात्र सोच्छ । तर दिन पुगेपछि सबैले ढिलो-छिटो जानै पर्छ । यही नै जीवनको कटु सत्य हो । यदि मृत्यु प्रत्यक्ष देखिएर आउँथ्यो भने मानिस मृत्युसँग लड्थ्यो होला । म सँग जाँदै जान्न भनेर जिद्धि गर्थ्यो र अड्डी कस्थ्यो होला । सृष्टिको नियम र प्रक्रियालाई अवरुद्ध गर्थ्यो होला ।तर सृष्टिको प्रक्रियालाई सन्तुलित र व्यवस्थित गर्नमा जन्म र मृत्युको ठुलो भूमिका छ ।
भनिन्छ, सृष्टिको सुरुमा यमराजका दूतहरू प्रत्यक्ष रूपमा मृत्यु लोकमा आउँथेँ र जबरजस्ती मानिसलाई तेरो बाँच्ने दिन सकियो भनेर थर्काउँदै यमलोक लिएर जान्थे । मूर्ख र पापी मानिसहरूलाई नरकमा लान्थे र दण्ड सजाए दिन्थे । सज्जन र धर्मात्माहरूलाई भने देवदूतहरू आएर स्वर्ग लान्थे र वर्षौँसम्मको भोग-विलासपछि पुनः सम्पन्न परिवारमा जन्म लिनका लागि पृर्थ्वीमा पढाउँथेँ । उदाहरणका लागि पौराणिक कथा सावित्री र सत्यवान् लाई लिन सकिन्छ । सावित्रीले आफ्नो लोग्ने सत्यवान्लाई फर्काउन यमदूत सँगसँगै स्वर्गको नजिकसम्म पुगिन् । जहाँबाट जीवित मानिस अघि जान वर्जित थ्यो,त्यो सीमा रेखा पनि उनले जिद्दी गर्दै उल्लङ्घन गर्न खोजिन्। यसरी पतिलाई छुटाउन यमदूतहरूसँग भयङ्कर ठुलो सङ्घर्ष गरिन् । उनको पतिभक्तिका अघि यमदूतहरू झुक्न बाध्य भए । अन्ततः भक्ति, शक्ति र सौर्यले उनले यमराजलाई जितिन् र सत्यवान्लाई पुन सजीव फर्काएर मर्त्य लोकमा ल्याउन सफल बनिन् । त्यस बेलासम्म यमराजका दूतहरू सशरीर मर्त्य लोकमा छ्यापछ्याप्ती घुम्थे र मिति पुगेकाहरूलाई समातेर लान्थे । यही प्रक्रिया रहिरह्यो भने सृष्टिको व्यवस्था तहस-नहस हुने यमराजले बुझे । त्यसपछि उनले जिद्दी मानिसहरूलाई तह लाउन र सृष्टिको व्यवस्थालाई यथावत् राख्न उनले दूतहरू छिल्लिएर नदेख्ने गरी मर्त्य लोकमा आउने नियम बनाए । त्यसै बेलादेखि मिति पुगेका प्राणीहरूलाई मात्र यमलोक लैजानै नयाँ नियम र कानुन बन्यो । र त्यो व्यवस्था आजसम्म निरन्तर चलिरह्यो ।
मृत्यु कहिले पनि बाजा बजाएर आउँदैन र होहल्ला पनि गर्दैन,आम भनाइ हो, यो । बाजा नबजाए पनि र हो-हल्ला नगरे पनि मृत्युले केही न केही सूचना भने अवश्य दिने गर्छ । पूर्व जानकारी र सूचना विना मृत्युले कुनै पनि प्राणीलाई आक्रमण गर्दैन र गरेको पनि छैन । मृत्युलाई पनि निहुँ चाहिन्छ र मात्र प्राणीमाथि आक्रमण गर्छ । यहाँ पूर्व सूचना र जानकारी विना भनेको निहुँविना कालले लाँदैन भन्न खोजिएको हो । अब त्यो निहुँ भनेको के हो ? निहुँ भनेको मर्नुभन्दा पहिला मानिसहरूलाई आक्रमण गर्ने रोगहरू हुन् । मानिसलाई लाग्ने विभिन्न घातक रोगहरू नै मृत्युको सूचना र पूर्व जानकारीहरू हुन् । रुगा-खोकी,ज्वरो र ग्याष्टिक जस्ता रोगहरू सामान्य हुन्छन् र साधारण उपचार पछि मानिसहरू ठिक र स्वस्थ पनि हुन्छन् । तर एक पटक क्यान्सर,दम,क्षयरोग र सुगरजस्ता रोगहरूबाट सङ्क्रमित भएको मानिसका लागि भने कुनै पनि उपचार सम्भव छैन । तिनीहरूका लागि ढिलो-छिट्टो मृत्यु नै अन्तिम विकल्प हो ।
हुन त सबै मृत्युमा सूचना र जानकारी नै आउँछ भन्ने पनि छैन। कतिपय आकस्मिक दुर्घटनाहरू विना जानकारी नै हुन्छन् । र त्यसता दुर्घटनाहरूबाट पनि मानिसहरूको ज्यान जाने गर्छ ।
अन्य मृत्युका कारणहरू जे भए पनि वैश्विक महामारीका रूपमा फैलिएको कोभिड १९ त सूचना र जानकारी दिइएर नै आएको हो । मानिसका लागि मृत्युको दोस्रो अवतारका रूपमा उदाएको यो भाइरस भने अवश्य बाजा बजाउँदै आएको हो । अन्य मृत्युहरूले बाजा नबजाई आउने गरे पनि कोरोना भने बाजा र डङ्का गरेरै आएको हो । म आउँदै छु है होसियार भन्दै सूचना र जानकारी पनि गराएकै हो । एक देशबाट अर्को देशमा छलाङ मार्दै आएको यस महामारीबाट आज विश्व नै त्राहि त्राहि छ । यसको प्रभावलाई जान्ने र बुझ्ने देशहरूले बेलैमा सतर्कता अपनाए । रोकथामका उपायहरू परिचालन गरे र धेरैभन्दा धेरै मानिसहरूको ज्यान बचाउन सफल बने । तर जसले जसले यस वैश्विक महामारीको प्रभावलाई बेवास्ता गरे तिनीहरू अहिले तहस-नहस हुने स्थितिमा पुगे । सुरु सुरुमा अमेरिका,ब्राजिल र रुसले यस महामारीलाई बेवास्ता र तिरस्कार नगरेको भए सायद, आज यति धेरै मानिसको ज्यान जाने थिएन । र उनीहरूले यो लज्जाको स्थिति भोग्नुपर्ने थिएन । शक्ति सम्पन्नताको अहङ्कारको कारण नै यी देशहरू वैश्विक महामारीको आतङ्कबाट बढी प्रताडित भएका हुन्,भन्ने निर्विवाद छ । गत वर्षको नोभेम्बर महिना चीनको उहान वाट सुरु भएको यस महामारीले संसारका प्राय सबै देशहरूमा आतङ्क मच्चाएको छ र खुला मृत्युको चुनौती दिइरहेको छ । यो लेख तयार पार्दासम्म संसारमा यस महामारीले ७ लाखभन्दा बढी निर्दोष मानिसहरूलाई निलिसकेको छ । र डेढ कडोरभन्दा बढी मानिसहरू यस महामृत्यु कोरोनाकोबाट प्रभावित र सङ्क्रमित छन् । यसको वैश्विक प्रकोप र आतङ्क कहिलेसम्म चल्ने हो र कति मानिसलाई अझ यसले निल्ने हो कसैलाई थाहा छैन । यतिसम्म कि परिवारमा न पानी दिने मानिस नै बच्यो न त अन्तिम संस्कार गर्ने सन्तान नै । कयौँ परिवारलाई यसले तहस-नहस मात्र गरेन अपितु नामो निसानै पनि मेटाइदियो । विश्व नै यसले आफ्नो कब्जामा लिएको छ । निर्विरोध छानी छानी मानिसहरूको जीवन चपाइहरेको छ । अहिले सम्म न यस महामारीबाट बच्ने दबाइ नै बन्न सक्यो न कुनै उपाय नै जुर्न सक्यो । मानिसलाई मात्र चपाइरहेको छैन यसले संसारको अर्थव्यवस्था समेत तहस-नहन पारेको छ र बाँच्नेहरूलाई पनि भोकले तड्पाइ-तडपाइ यसले मार्ने निश्चित छ । जतिसुकै शक्ति सम्पन्न देशहरू किन नहुन कोरोनाका अघि ती सबै लाचार छन् र नतमस्तक भएका छन् । अनि नागरिकलाई ईश्वरको भरोसामा छोड्दिएका छन् । आपत् र सङ्कट बेला चाहिने भनेको समाज,इष्टमित्र र परिवार हो । यी सबैसँगको सम्पर्क र सम्बन्ध यस भाइरसले टुटाइ दिएको छ । परिवार भित्रै मानिस नितान्त एक्लो भएको छ । त्रास,अत्यास र त्राहि त्राहि मात्र छ,मानिसमा आज। कोरोनाको वैश्विक आतङ्क त छदैछ एकातिर अर्कातिर सरकार र जिम्मेवार पक्षको हतोत्साहित मानसिकताबाट कोरोना आज मानिसहरूका लागि बनको बाग हैन मनको बाघ साबित भएको छ ।
अव म स्वयंले करोनासँग साक्षात्कार गरेका पीडादायी घटनाहरूको अनुभव यहाँहरूलाई बाँड्ने प्रयास गरेको छु । यसले पाठकहरूलाई केही न केही जानकारी अवश्य दिने नै छ ।
मृत्युसँग २० दिन
अचानक १८ जुन, बिहीबार बिहान उठ्दा मेरो शरीर भारी भइरहेको थियो । हात-खुट्टा कटकट खाइरहेको थियो । सामान्य थकाइले होला भनेर त्यतातिर ध्यानै दिइन । र १९ जुन, शुक्रवार बिहान पनि सामान्य अवस्था थियो । र बिहान ६ बजे काममा गएँ । काममा प्रवेश गरेको ३स घण्टा पछि हनहनी जरो पनि आउन थाल्यो । खप्नै नसक्ने गरी शरीरका सबै अङ्गहरू दुख्न र पोल्न थाल्यो । मानो म अब बम जस्तै पड्किन्छु र विस्फोट भएर छरिने छु भन्ने लाग्यो । दैवसंयोग,हामी दुवै एउटै कम्पनीमा काम गर्थ्यौँ र त्यो पनि एउटै विभागमा । छिन् छिन्मा बिग्रिँदै गएको मेरो स्वास्थ्यबारे म्याडम लाई अवगत गराएँ । उनले मेरो अवस्थालाई मध्यनजर गर्दै छिटो-छिटो मेडिकल सेन्टरमा फोन गरिन् र कोभिड-१९ को जाँचको लागि एपोइण्टमेण्ट मिलाइन् । भाग्यवश, जति बेला आए पनि हुन्छ, जाँचका लागि हामी तयार छौँ भन्ने स्वास्थ्य कर्मीको आस्वसनले हामीलाई निकै ढुक्क बनायो । मेनेजरसँग बिदा मागेर हामी सिधै मेडिकल सेन्टर गयौँ । त्यहाँ पुगेर हामी बाहिर मूल गेटामा छौँ भनेर स्वास्थ्य कर्मीलाई फोनमार्फत जानकारी गरायौँ । हामी गाडीभित्रै बसिरह्यौँ । ५ मिनटपछि उनीहरू आए । गाडीभित्रै मेरो नाकभित्र रूइ बेरेको एउटा आधा फिट लामो घोचो हालेर हल्लायो,स्वास्थ्यकर्मीले । गिदीमै पुगेजस्तो लागेर म झस्केँ र उसको हात समाएर ताने । नम्र र भद्र स्वरमा स्वास्थ्य कर्मीले भन्यो ।”डराउन पर्दैन सर” । म कोरोनाबाट सङ्क्रमित छु वा छैन,जान्नका लागि पनि मैले संयमित हुन्थ्यो र भएँ पनि । उसले पुनः त्यो लामो घारो मेरो नागभित्र छिटो-छिटो छिरायो र त्यसरी नै निकाल्यो । मैले अइय्या नै भन्न नभ्याउँदै उसले नाकबाट घारो निकाल्यो “यस जाँचको रिजल्ट कहिलेसम्म आउँछ सर ” मैले उत्सुकतापूर्वक सोधेँ । मेरो प्रश्न नटुङ्गिँदै ” भरे राती वा भोलीसम्ममा” भन्ने उसले जबाफ दियो । म्याडम लाई भने बिरामीका कुनै लक्षणहरू नै थिएन । त्यसैले उनी परीक्षण गर्न मानिरहेकी थिइनन् । “यो अवस्था भनेको कोरोना भाइरसबाट संसार आतङ्कित र प्रताडित भएको सङ्कटकालीन समय हो । त्यसैले जाँच नगरी केही पनि जान्न सकिँदैन । को सङ्क्रमित भएको छ वा छैन भनेर । त्यसैले चेक गराएर निश्चित हुनुपर्छ । अहिलेको सन्दर्भमा यही नै हाम्रा लागि महत्त्वपूर्ण विकल्प हो”,भन्दै मैले पटक,पटक सम्झाएँ । आनाकानी गर्दै भए पनि उनले मेरो सुझावलाई स्विकारिन्, र जाँच पनि गराइन् । जाँचपछि बिमार नै ठिक भएजस्तो अनुभव भयो । हामी खुसी हुँदै घर फर्कियौँ । घर्फकिने क्रममा अर्को साताका लागि सारेगा,सेभ लट स्टोरहरूमा पसेर केही सौदा-पात गरेर घर गयौँ ।फेरि जरो आउला झैँ गरेर जीउ कटक खान थाल्यो । शुक्रवार बिहान उठ्दा केही हलुका भएझैँ भयो । घरमा हामी दुई जना मात्र थियौँ । फेरि अर्को साताभरिका लागि आवश्यक रासन पानी र साग सब्जीका लागि बजार जानै पर्ने थियो । त्यसमा पनि क्रोगरवाट डाक्टरले प्रिस्काइप गरेको जरुरी दवाई पनि पिक-अप गर्नु थियो । हिजोको जस्तो लक्षण पनि थिएन । त्यसैले हामी दुवै क्रोगर गयौँ र सौदा-पात सकेर दवाई पिकअपका लागि लाइनमै उभिइरहेका बेला को रिङ बज्यो । गोजीबाट हतार -हतार निकालेर हेरेँ । ओहायो मेडिकल सेन्टरको नम्बरबाट फोन आएको रहेछ । डराइ डराइ उठाएँ । अब कस्तो खबर सुनाउने हो नि नारन् भनेर मुटु पनि ढुकढुक गर्न थाल्यो । र्यका साथ कानमा लगेर हल्लो मात्र भनेको थियो । एउटा स्वास्थ्य कर्मीले”मिना र गङ्गालाई खोजेको के उनीहरूसँग सम्पर्क गर्न सक्छु” भन्यो । मलाइ स्पष्ट भयो कि स्वास्थ्य कर्मी हिजो चेक-जाँच गरेको कोभिडको रिजल्ट सुनाउन चाहँदै छ । अब के भन्ने हो नि भनेर सुन्ने डर लागेर आयो । हतार -हतार म्याडम लाई फोन दिएँ । डर र त्रासको कौतुहलता तीव्र हुँदै थियो । सासै रोकेर शुभ खबरको आतुरतामा म उद्वेलित हुँदै थिएँ । म्याडमको पुलुक्क अनुहारमा हेरेँ । उनको अनुहार मरीच जस्तै चाउरी पर्दैनथ्यो र उनको भावभङ्गी अचानक बिग्रिँदै गएको देखेँ । अनुहार खुम्च्याए उनी भन्दै थिइन्” दुवै जनाको पोजेटिभ” जुन शब्द सुन्नु नपरोस् भन्दै थिएँ,त्यही सुन्नु पर्यो । कोरोनाले आक्रमण गरेको दुखद खबरबाट रन्थनिने भइनिगो । तर संसारमा ६ लाखभन्दा बढी मानिसलाई चपाएर पनि नअघाएको मृत्यु शरीरभित्र प्रवेश गरेको खबरले विल्कुलै हताश र निराश बनायो । घरमा पुगेर आफ्ना सम्पर्कमा रहेका परिवार जनलाई कोभिड१९-पोजेटिभ भएको जानकारी गराएँ र उनीहरू सबैलाई तुरुन्त कोभिड जाँच गराउन आग्रह गरेँ ।
स्वास्थ्यकर्मीले १० दिनसम्म घरबाहिर ननिस्कनु र अन्य कुनै व्यक्तिसँग पनि सम्पर्क र भेटघाट नगर्नु भन्ने सल्लाह दिएकोले १९ जुलाईदेखि हामी होम कोट्टाइन वा एकान्तवासको प्रक्रियामा जान बाध्य भयौँ । २० देखि २३ जुलाई सम्म जरो मात्र आइरह्यो । सामान्य जरोको दबाइ खाएपछि जरोले त छोड्यो तर लगातार खोकी सुरु भयो । सामान्य अदुवा पानी र तुलसीको काँडा बनाएर खाएँ । तर २० को उन्नाइस पनि भएन । ३ दिनसम्म निरन्तर खोकी रहँदा छाती र टाउको पनि फुट्ला झैँ हुन थाल्यो । नाइटकोल पनि मगाएर खाएँ । त्यसले पनि कुनै लछार पाटो लगाएन । अन्ततः अब बाँचिन्छ भन्ने सम्भावना कम हुँदै गयो र मरिन्छ नै भन्ने निश्चितता बडेर गयो । र पनि अदुवा पानीको सेवन र मानसिक योगाभ्यासलाई भने निरन्तर जारी नै राखेँ । आपत्कालीन कल गरेर अस्पताल जाउँन भन्यो । अस्पतालमा न नै पाइन्छ नत कुनै किसिमको सेवा नै । कि त होसै गुमाउनुपर्ने । अस्पताल लगिएकाहरूलाई पनि गाडी मै जाँच गरेर फर्काइदिने । अव मृत्युलाई पर्खिनु सिवाय अर्को उपाय थिएन । खोकीले ग्रस्त पारेको तेस्रो दिन अचानक एक जना शुभचिन्तकले फोन गरेर मेरो अवस्थाबारे जानकारी लिए । उनले सिबिएस फार्मेसीमा एउटा कफ ड्रप नामको भिक्स चकलेट पाउँछ, मगाएर खानुहोस्,त्यसले ठिक गर्छ भन्नुभयो । यति धेरै उपचारले त ठिक नभएको नाथे चकलेट के पो गर्न सक्ला ? पत्यारै पनि लागेन । हुन्छ, भनेर फोन राखिदिएँ । यो संवाद म्याडमले सुनिरहेकी थिइन । मैले मगाउन पर्दैन भन्दा भन्दै उनले एक जना छिमेकी भाइलाई त्यो चकलेट ल्याइ मागिन् । के जाने वा त्यसैले जाति हुने हो कि ? यति धेरै अन्य दबाइ त खाएर हेरौँ भने एक पटक त्यसलाई पनि हेरौंन, के बिग्रिएको छ भनेर म्याडमले जिद्दी गरिन् । र पकेटबाट निकालेर एउटा चकलेट खान दिइन । खान त मन लागिरहेको थिएन । तर म्याडमकै लागि भए पनि एउटा चकलेट जबरजस्ती खाएँ । वास्तवमा चकलेट खाएकै १० मिनट पछि खोकी कम हुँदै गयो । २० मिनटपछि खोकी बिलकुलै बन्द भयो । म्याडमले जबरजस्ती खुवाएको त्यो चकलेट काँडो झिके जस्तै रामवाण साबित भयो, मेरालागि । अर्को थप्नै परेन,एउटैले कोरोनालाई पराजित गर्न सफल भयौँ । मेरो जीवनको भावी बनेर आएको भिक्स चकलेट लाई भित्रभित्रै धन्यवाद दिएँ, म्याडमले नसुन्ने गरी । म्याडमको पनि पोजेटिभ रिपोर्ट आएको तर उनलाई केही पनि लक्षणहरू देखिएन । नाकले सुगन्ध र दुर्गन्ध छुट्याउन सकेन । नाकले गन्ध मात्र थाह पाएन । तर त्यो पनि २ दिनमै ठिक भयो,उनले कुनै पनि समस्या भोग्नुपरेन मेरो जस्तो । कोरोनाको पीडाभन्दा पनि एकान्तवास(कोराइन्टाइन) बढी पीडादायी र खत्रा हुँदो रहेछ । न कुनै किताब नै पढ्न मन लाग्ने न कुनै चलचित्र हेर्न नै । कसैसँग बोल्न मन नलाग्ने । बोल्नै पर्यो भने रिस उठेर आउने । फोनमा बोल्न जाँगर नचल्ने । कहिले त नै फुटाइदिऊँ जस्तो विचार आउने । हरेक कुरामा झर्को र पिर मात्र लाग्ने । यसरी छटपटी,झन्झट र तनावयुक्त रहे कोराइन्टाइनका १४ दिन । बिलकुलै अर्धपागल भएर बिते १४ दिन । यसरी कोरोना सङ्क्रमित व्यक्तिहरूले दिमागी सन्तुलन गुमाउने भएकाले नै घुमफिर नगर्नु,अर्को व्यक्तिसँग सम्पर्क नगर्नु घरबाहिर नजानु भन्निएको रहेछ । अर्धपागल मानिस भनेको घाइते बाघ जस्तै हो । सद्दे बाघले छोड्ला,घाइतेले कदापि छोड्दैन । त्यही भएर अन्य व्यक्तिसँग संसर्ग र सम्पर्क नगर्नु भन्ने स्वास्थ्य विशेषज्ञहरूको निर्देशन रहेछ, भन्ने लाग्यो ।
हामी सङ्क्रमित ६ परिवारका सबै सदस्यहरूबिच सूचना र जानकारीहरू भने आदान-प्रदान भइरह्यो । तर मलाइ जस्तै अरूलाई भएन र अरूलाई जस्तो मलाइ पनि भएन । कसैलाई खाना रुचि नहुने । कसैको स्वाद हरायो । कसैको नाकले गन्ध थाह पाएन । कसैलाई उल्टी मात्र भयो भने कसैलाई पखाला मात्र चल्यो । कसैलाई टाउको दुखे जस्तो भयो भने कसैलाई घाँटी मात्र खसखसायो । कसैलाई एकै पटक खोकी लाग्यो भने कसैले हाछ्यूँको सामना गर्नुपर्यो । बिमार एउटै लक्षण भने बेग्ला बेग्लै । मानौँ २८ जनामा २८ सै किसिमका लक्षणहरू । त्यसमा पनि ससना बच्चा र ९० वर्षका बाबा आमाहरूलाई भने कोरोलाले हल्लाउन पनि सकेन । कोरोनासँग जीवन-मृत्युको लामो सङ्घर्ष भने मैले र मेरो भाइ वेदले गर्नुपर्यो । उनलाई त निमोनिया पनि भएछ । कुनै पनि हालतमा हार्न नचाहने कोरोना लाई पराजित गर्ने हतियार अदुवा, जुवानो र तातो पानी मात्र थियो,हामीसँग । त्यसैको निरन्तर प्रयोग र सेवन वाट त्यस महाकाल कोरोनालाई पराजित गरेरै छाडियो । खुसीको कुरा के हो भने करोनासँगको युद्धमा हामीले परिवारका कुनै पनि सदस्यहरूलाई गुमाउनु परेन । कोरोनाको पञ्जावाट सबैलाई सकुशल मुक्त गर्न सकियो । यो विजय हाम्रो एकल प्रयासले मात्र सफल भएको होइन । प्रत्यक्ष-अप्रत्यक्ष रूपमा हाम्रा शुभचिन्तक,इष्टमित्रहरूको निरन्तर साथ र सहयोग पनि सहायक बन्यो,हाम्रो यस विजयमा । जेनतेन बाहिरी युद्ध त जितियो तर भित्री युद्ध जित्न त हामीलाई महिनौँसम्म लाग्यो । शरीरको स्नायु प्रणाली र पाचन प्रणालीहरू भने सबै तहस नहस बनाइदिएछ,कोरोनाले । जसलाई पुनर्स्थापन गर्न कहियौँ महिना लाग्यो, हामीलाई । जान्न र बुझ्न सके कोरोना एउटा सामान्य रुगा-खोकी जस्तो मात्र हो तर यसलाई बेवास्ता र तिरस्कार गरियो भने कोरोना महाकाल पनि रहेछ,भन्ने २० दिनसम्म लडेको सङ्घर्षबाट स्पष्ट भयो। यो महामारी बनको माघ होइन,मनको बाग रहेछ,बनको बाघलेभन्दा पनि मानिसहरूलाई मनको बाघले खाएको रहेछ भन्ने विश्वास लाग्यो,मलाइ । बिमार त सामान्य नै हो तर कोरोना भाइरसलाई बिर्सनै न दिने २ वटा घटनाहरू छन्,ती हुन्,एउटा परीक्षण गर्दा नाकभित्र हाल्ने आधा फुट लामो घोचो र १४ दिने कोरोइन्टाइनको समय । कोरोनाका सबै अवगुणहरू बिर्सिन सकिएला तर कोरोन्टाइमको समय र परीक्षण घोचो भने जीवन भरि स्मृतिबाट टाढिइन्छन् भन्ने लाग्दैन । कोरोनासँग लडेको २० दिने युद्ध पछि मैले यस वैश्विक महामारीबारे निम्न कमीकमजोरी र लापरबाहीको अनुभव गरेको छु ।
अमेरिकामा कोरोना तीव्र फैलिनुको कारणहरू :
१. विश्वसनीय छैन,कोरोना परीक्षण गर्ने प्रणाली
२. मृत्युलाई भन्दा बढी मनोरञ्जन र व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिने प्रवृत्ति
३. होम कोरोन्टाइनको लापरबाहीसँग दुरुपयोग
४. कोरोनाका सन्दर्भमा सरकारको फितलो नीति
अमेरिकामा ३ तरिकाबाट कोविड्को परीक्षण गरिँदै छ । पहिलो नाकभित्रबाट स्वाप निकालेर । दोस्रो-मुखमा रयाल निकालेर अनि तेस्रो-संक्रमितको रगत परीक्षण गरेर । पहिलो विधिबाट परीक्षण गर्नेहरूको रिजल्ट आउन कम्तीमा २४ घण्टा र बढीमा २ सातासम्मको समय लाग्छ । दोस्रो परीक्षणको पनि ३ ४ दिन त कुर्नपर्छ । तर सबैभन्दा छिट्टो परीक्षणको रिजल्ट दिने भनेका अर्जेण्ट क्यारहरू हुन् । २० मिनटमै रिजल्ट दिने भएकाले अधिकांश मानिसहरू त्यतैतिर जाने नै भए । सबै क्लिनिकहरूको परीक्षण गर्ने तौर-तरिकाहरू भिन्नाभिन्नै भए जस्तै कोभिड जाँचको परिणाममा पनि विविधता नै पाइन्छ । एउटा क्लिनिकले नेगेटिभ भनेको त्यही बिमारीले अर्को क्लिनिकमा परीक्षण गर्दा पोजेटिभ निकाल्छ । अनि कुन परीक्षण सही हो र कुन चाहिँ गलत भन्नेमा अन्योल छ । उदाहरणका लागि हामीसँगै सङ्क्रमित ३ जना भाइहरूले पहिलो कोविड जाँचको रिजल्ट ३ दिनसम्म नआएपछि अर्को क्लिनिकमा गएर जाँच गराएका थिए । रगत परीक्षण गराए । २० मिनटमै त्यस क्लिनिकले नेगेटिभ भएको रिपोर्ट पनि दियो । हाम्रो त नेगेटिभ भेटियो भन्दै उनीहरू बजार गए,आफन्त र साथी-भाइहरूसँग पनि निर्धक्कसँग सम्पर्क र आइजाइ बढाए । तर तेस्रो दिन पहिला जाँच गरेका क्लिनिकले फोन गरेर तिमीहरूको जाँचको रिपोर्ट पोजेटिभ आएको छ,त्यसैले कतै नहिँड्नु,कसैसँग पनि प्रत्यक्ष सम्पर्क र सम्बन्ध नराख्नु । र १० दिनसम्म होमकोराइन्टाइनमा बस्नु भन्ने सल्लाह दियो । अब भन्नुहोस्, सङ्क्रमितहरूले कुन क्लिनिकको परिणामलाई सही मान्ने ? अनि कुनलाई विश्वास गर्ने ? कोभिडको सङ्क्रमण कसले कसरी फैल्याँदैछ ? गम्भीर भएर सोच्नुहोस् त ? चेक-जाँच गर्ने प्रणालीलाई विश्वास गर्ने बलियो आधार बिलकुलै छैन । व्यक्तिलेभन्दा पनि चेक-जाँच गर्ने क्लिनिकहरूले बढी सङ्क्रमण फैल्याएको स्पष्ट छ ।
दोस्रो- अमेरिकनहरू बरु मर्छन्, तर संविधानबाट प्रदत्त अधिकारहरू गुमाउन चाहँदैनन् । उनीहरू लक्डाउनकाविरूद्ध हतियार बोकेर प्रदर्शनमा उत्रिए । मृत्युलाई भन्दा पनि व्यक्तिगत स्वतन्त्रलाइ प्राथमिकता दिने उनीहरूको प्रवृत्ति र हुटहुटी पनि कोरोना भाइरस फैल्याउने दोस्रो कारण हो ।
घरमा एक जना सदस्य सङ्क्रमित भएर होमकोरोन्टाइन्मा बसेका अवस्थामा परिवरका अन्य स्वास्थ्य व्यक्तिहरू भने जता सुके हिँड्ने,काममा जाने र अरू व्यक्तिहरूसँग भेट-घाट र सम्पर्कमा रहने जस्ता लापरबाही प्रवृत्तिहरू सङ्क्रमण विस्तार गर्ने तेस्रो कारण हो । जुन कुराको बलमिचाइ तपाइंहामीबाट पनि भइरहेको छ ।
यस वैश्विक महामारीको नियन्त्रण र प्रबन्धनमा अमेरिकी सरकारको फ्यातुलो नीति पनि यस महामारी फैल्याउनेमा चौथो कारण हो । चाहे विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य सम्बन्धी निर्देशन होस् वा राज्यले जारी गरेका नियम-नीतिहरू हुन् तिनको नागरिकले दुरुपयोग र लापरबाही गर्दा पनि सरकारबाट कुनै कार्यवाही नभएकाले पनि दिनको दो गुना र रातको चौगुणाको हिसाबले यो महामारी फैलिएको घाम झैँ छर्लङ्ग छ ।
चेक-जाँचको नामा पैसा कमाउने धन्दा
कोरोना महामारीवाट सङ्क्रमित मानिसको निःशुल्क चेक-जाँच र उपचार गर्नु भन्ने निर्देशन सरकारले जारी गरेको छ । तर केही स्वास्थ्य संस्थाहरू बाहेक अधिकांश क्लिनिकहरूले सङ्क्रमितहरूको चेक-जाँचमा मनपरी शुल्क लिने गरेका छन् । एक पटक कोविडको जाँच गरे बापत ३० देखि २ सय डलरसम्म शुल्क असुल्ने गरेका छन् । वैश्विक महामारीको नाममा व्यापक अनियमितता र मनोमानी भरेको मानिसहरूले गुनासो गरेका छन् । नागरिकलाई कुन कुन क्लिनिक र स्वास्थ्य संस्थाहरूले के कस्तो सेवा र सहयोग गरिरहेका छन् भन्ने कुरामा न कुनै सरोकारवालाले अनुगमन नै गरेको छ न त पीडितहरूको वास्तविक गुनासोप्रति चासो र चिन्ता नै गरेको छ । यसरी सेवा र उपचारको नाममा नागरिकहरूलाई लुट्ने कार्यहरू भइरहे पनि सरोकारवालाहरू भने मूकदर्शक बनेका छन् र कोरोना फैल्याउने कामलाई नै मलजल गरिरहेका छन्, पीडितहरूको आरोप छ ।